यसरी अवैध आयुर्वेद औषधि बेच्न प्रतिबन्ध

१२ असार २०७४, सोमबार ०७:४४

कालिकोट – जिल्लामा अवैध रुपमा आयुर्वेदिक औषधि र जडीबुटी व्यापार गर्न प्रतिबन्ध लगाइएको छ । प्रमाण र मापदण्डबिनाका जडीबुटी र आयुर्वेदिक औषधि बिक्री हुन थालेपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले बिक्री वितरणमा रोक लगाएको हो ।

स्वास्थ्य क्षेत्रको जानकारीबिना नै गाउँगाउँमा विभिन्न आयुर्वेद कम्पनीका औषधि र जडीबुटीको व्यापारले स्वास्थ्य क्षेत्रमा समस्या देखिन थालेपछि केन्द्रले कदम चालेको हो ।

दूरदराजका गाउँ र बजारमा एउटा जडीबुटीलाई अर्कै र एउटा रोगको बिरामीलाई अर्कै औषधि दिएको पाइएपछि रोक लगाइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मीप्रसाद पाण्डेले बताए । ‘अवैध, आयुर्वेद केन्द्रबाट अप्रमाणित तथा ब्रान्डबिनाका औषधिले स्वास्थ्य क्षेत्रमा समस्या आएको छ,’ उनले भने, ‘त्यसैकारण त्यसको बिक्री वितरणमा रोक लगाइएको हो ।’

गाउँघरमा सिजाजित, हर्बल चुर्ण लगायत औषधिले विभिन्न समस्या समाधान हुने भन्दै ल्याब परीक्षण नगरिएका र अप्रमाणित औषधि बेचबिखन भइरहेको छ । यसले नागरिक स्वास्थ्यमा खराबी आएका कारण कागजातबिनाका औषधि रोक्नुपरेको निमित्त प्रमुख पाण्डेले बताए ।

उनी भन्छन्, ‘नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने कसैको अधिकार छैन ।’ सदरमुकाम मान्ममा प्रायः जसो अवैध औषधि आउने गरेको छ । केन्द्र कडाइका साथ लागेपछि हाल अवैध औषधिको कारोबारमा कमी आएको पाण्डेको दाबी छ ।

Next Post

४ मा २० जना आएपछि ‘डिएचओ’ का कर्मचारी तनावमा

१२ असार २०७४, सोमबार ०७:४४
कालिकोट- कार्यक्रममको शिर्षक ब्यानरमा प्रष्ट छ । महामारी रोग नियन्त्रण तथा सञ्चार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम । सामोबार खाँडाचक्र मान्मको एक होटलमा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम हो । कार्यक्रममो लक्ष्य भनेको संचारकर्मीलाई महामारी रोगको समाचार संकलन र प्रसारण, प्रकाशन कसरी गर्ने ? भन्ने बारे । […]