पलाँता गाउँपालिका अध्यक्ष बम माथि आक्रमण, स्थिति तनावग्रस्त

२७ बैशाख २०७७, शनिबार २०:५९

कालिकोट– पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम  र उनकि श्रीमति गाेरिकला बम माथि आक्रमण भएकाे छ । पलाँता गाउँपालिका अन्य जनप्रतिनिधिले अध्यक्ष बमलाइ कुटेर घाइते  बनाइएकाे प्रहरीले जनाएकाे छ ।

पलाँता गाउँपालिका–२ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा वडा अध्यक्ष भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँपालिका अध्यक्ष विष्णु रोकाया र स्थानीय नेकपा नेता धनीराम भण्डारीले गाउँपालिका अध्यक्ष बमलाई कुटपिट गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवत्ता लोकनाथ तिमिल्सेनाले बताए ।

‘बिहान ११ बजेतिर गाउँमा उपभोक्ता गठन सम्बन्धि छलफल भइरहेको बेला वडा अध्यक्षले गाउँपालिका अध्यक्षमाथि एक्कासी आक्रमण भएको हो’ उनले भने, ‘वडा अध्यक्षलगायतको टोलीले गरेको आक्रमणमा परि गाउँपालिका अध्यक्ष बम, उनकि श्रीमति र भतिजा घाइते भएका छन् ।’

घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवत्ता तिमिल्सेनाले जानकारी दिए । ‘अहिले घटनास्थलमा थप सुरक्षा फौज गएको छ’ उनले भने, ‘अहिले स्थिति सामान्य रहेको छ ।’ अध्यक्ष बमकी श्रीमतिलाइ धेरै चाेट लागेकाे आफन्तले बताएका छन् । घाइतेलाइ उपचारकाे लागि हेलिक्पटरबाट सुर्खेत ल्याउने तयारी रहेकाे जनाइएकाे छ ।

अबस्था तनाबग्रस्त भएपछि जिल्ला सदरमुकाम मान्मबाट शसस्त्र प्रहरी, रास्कोट र पचालझरना गाउँपालिकाबाट पनि प्रहरीको टोलि पठाइएको बताइएको छ ।  वडा न. १ का वडा अध्यक्ष मान बहादुर भण्डारी र गाउँपालिका अध्यक्ष विचकोे अन्तरद्धन्द विगत लामो समयदेखि हुदै आएको बुझिएकाे छ  ।

Next Post

लकडाउनकाे धज्जी : मुद्धा खारेजको माग गर्दै पलाँतामा नाराबाजी र ढुंगामुडा

२७ बैशाख २०७७, शनिबार २०:५९
कालिकोट-पलाँता गाउँपालिकाकमा नाराबाजी सहित प्रर्दशन भएको छ । स्थानीय खिन र धौलागोहका नागरिकले नाराबाजी गरेका हुन् । वैशाखको अन्तिम सातामा पलाँतामा गाउँपालिका अध्यक्ष लक्ष्मण बम, नेकपा गाउँकमिटीका अध्यक्ष ईन्द्र रोकाया र १ वडाका अध्यक्ष मानबहादुर भण्डारी विच झडब भएको थियो । झडवमा दुवै पक्ष घाईते भएका थिए । अध्यक्ष लक्ष्मण […]