तुरन्तपुरमा प्रहरीको छापा, विप्लवका नेतामाथि गोली प्रहार

२३ फाल्गुन २०७५, बिहीबार १७:३५

कपिलवस्तु – कपिलवस्तुमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताको घरमा प्रहरीले छापा मारेको छ। शिवराज नगरपालिका– ९ स्थित शिवगढीको तुरन्तपुरमा बिहीबार बिहान प्रहरीको टाेलीले छापा हानेर विप्लव नेता दुर्गा बहादुर रोकाको घरबाट पेस्तोलसहित अत्याधुनिक हतियार बरामद गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरी टोलीले एसएमजी सर्ट मेशिन गन २ थान र चाइनिज पेस्तोल एक थानसहित अत्याधुनिक हतियार बरामद गरेको प्रहरी उपरीक्षक(एसपी) अच्युतम पुडासैनीले बताए। उनका अनुसार प्रहरीले एसएमजी दुई नाल , त्यसमा लाग्ने म्यागजीन ३ ओटा , ६८ राउण्ड गोली चाईनीज पेस्तोल एक थान त्यसमा लाग्ने म्यागजीन २ ओटा  र एमसिक्सटीन हतियारको १ सय २९ राउण्ड गोली गरी २ सय २ थान गोली बरामद भएको छ। यस्तै,वायरिङ तार ४० मिटर र रिमोट एकथान बरामद गरेको प्रहरीले बताएको छ।

प्रहरीले छापा हान्न्ने क्रममा रोका भाग्न लाग्दा प्रहरीेले उनीमाथी गोली समेत प्रहार गरेको सुरक्षा श्रोतको भनाई छ। रोकाकाे खुट्टामा गोली लागेको र उनी समान्य घाइते भएका छन्। उनको बुटवलमा उपचार भइरहेको बताइएको छ। स्थानीय अनुसार प्रहरीले शिवगढीको तुरुन्तपुर ,भगवानपुर लगायतका स्थानमा छापा मारेको छ। बिप्लवका भान्जा यादव चन्दको घरमा  प्रहरीले छापा हान्दा स्थानीयले प्रतिकार गरेपछि केही  बेर स्थिति तनावग्रस्त बनेको थियो। अहिले भने स्थिती सामान्य रहेको छ।

नेपाल राष्ट्रिय आधारभुत विधालयका प्राध्यानाध्यापक समेत रहेका चन्दको घरमा छापा मार्दा विधार्थी र स्थानीयवासीले प्रहरीलाई अवरोध पु-याएका थिए। स्थानीयको अवरोधका बीच प्रहरीले चन्दको घरमा भने छापा मार्न सकेन्। चन्दले प्रहरीले विना पुर्जी छापा मार्न खोजेकाले विवाद भएको बताएका छन्।

Next Post

प्रधानमन्त्रीको प्रश्नः अदालतले फैसला गर्ने, चिथोर्ने सरकारलाई ?

२३ फाल्गुन २०७५, बिहीबार १७:३५
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आवेग र उत्तेजनामा नआउन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई आग्रह गरेका छन्। कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई टिकापुर घटनाको दोषी ठहर गर्दै जिल्ला अदालतले बुधवार जन्मकैदको फैसला गरेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। राजपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति […]