नेकपा सचिवालय बैठक सुरु, प्रदेश प्रमुखबारे छलफल

१८ कार्तिक २०७६, सोमबार १२:३०

काठमाडौं – प्रदेश प्रमुखहरुको नियुक्तिका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे सरकारलाई सिफारिस गर्ने छ ।

प्रदेश प्रमुखहरुको नियुक्ति र बर्खास्तगी सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । कांग्रेस सभापति शेरबहादुर देउवाको पालामा नियुक्त भएका सातै प्रदेशका प्रमुखहरुलाई आइतबार राष्ट्रपतिले बर्खास्त गरेकी थिइन् । प्रदेश प्रमुखहरु नहुँदा संवैधानिक संकट आउने हुँदा सोमबारै नियुक्त गर्ने तयारी भइरहेको छ ।

नेकपा नेताहरुका अनुसार सचिवालय बैठकमा नयाँ प्रदेश प्रमुखका लागि प्रस्तावित नामहरुबारे छलफल गरी आजै टुंगो लगाइने छ । सचिवालय बैठकमा नाम टुंगो लागेपछि मन्त्रिपरिषद बैठक बसेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको तयारी छ ।

Next Post

नेकपाले सिफारिस गर्‍यो ७ जना प्रदेश प्रमुखको नाम

१८ कार्तिक २०७६, सोमबार १२:३०
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको […]