रिहा भइन् रामकुमारी झाँक्री

३० माघ २०७७, शुक्रबार १०:०३

काठ्माडाै –  प्रचण्ड- नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा भएकी छन्। महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछ गरी छाडेको छ । श्रीमान पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको छ। सोधपुछको क्रममा उनले संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहने बताएकी थिइन्।

‘संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि उत्तिकै रहनेछ। यो चाहिँ नेपालको प्रचलित कानुनको पालना गरेर अभिव्यक्ति स्वतन्त्रताको हत, राजनीतिक स्वतन्त्रताको हक प्रयोग गरेर मात्रै बोलेकी हुँ। अरू केही गरेको होइन,’ झाँक्रीले बयानमा भनेकी छिन् ।

प्रहरीले राज्यविरूद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई बिहीबार मध्यान्ह पक्राउ गरेको थियो। झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेकी थिइन्।

Next Post

पुनर्निर्मित सिंहदरबार प्रधानमन्त्रीलाई स्वागत गर्न तयारी

३० माघ २०७७, शुक्रबार १०:०३
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली गत साल चैत २ गतेपछि बालुवाटारबाट सिंहदरबारस्थित आफ्नो कार्यालयमा कामका  लागि पुगेका छैनन् । ११ महिनापछि आगामी सोमबार उनी सिंहदरबारको आफ्नो कार्यकक्षमा भित्रिने साइत जुरेको छ । तर, कामचलाउ प्रधानमन्त्री ओली यसअघि कार्यालय रहेको भवनमा हैन, सिंहदरबारको मूल भवनस्थित हालसालै तयार भएको भव्य कार्यालयमा […]