कालिकोट- जिल्लाको महाबै गाँउपालिका ३ नकु गाँउमा अविरल बर्षाका कारण पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु गएको छ । हिजोराती करिब १२ बजेर ३० मिनेट जाँदा गएको पहिरोले गाँउपालिकाका चार जना महिला र २ जना पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा वडा सदस्य रज बहादुर विष्टका २ छोराहरु १३ बर्षका पुष्प विष्ट र ११ बर्षका प्रविन विष्ट, छोरीहरु १८ बर्षिय सविना विष्ट र १५ बर्षिय आशा विष्ट तथा उहाँका दाई डिलबहादुर विष्टका छोरीहरु १९ बर्षिय शान्ति विष्ट र १० बर्षिय रेखा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले बताएको छ ।