वीरगञ्जका एक जना व्यापारीलाई कोरोना संक्रमण

९ चैत्र २०७६, आईतवार २०:२६

वीरगञ्ज- वीरगञ्जका एक जना व्यापारीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको पटना मेडिकल कलेजले पुष्टि गरेको  छ। वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय एकजनालाई पटना मेडिकल कलेजमा जँचाउने क्रममा कोरोना संक्रमणको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

भारतबाट सात दिनपहिले नेपाल फर्केका उनी चार दिनअघि अस्वस्थ भएपछि वीरगञ्जको एक अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि पटना पुगेका थिए। उनको मिर्गौला प्रत्यारोपणा गरिएको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखिएको छ। पर्साका सिडिओ बिष्णुकुमार कार्कीले उनको परिवारका सदस्यहरुलाई आइसोलेसनमा बस्न निर्देशन दिएको जानकारी स्थानीय सञ्चारमाध्यमहरुलाई दिएका छन्।

Next Post

काेराेना कहर : तेस्रो संक्रमित भेटियो, आईसोलेसनमा राखेर उपचार हुँदै

९ चैत्र २०७६, आईतवार २०:२६
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । कोरोनाको तेस्रो संक्रमित भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको छ । उनको उपचार शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । उनी खाडी मुलुकबाट आएका व्यक्ति भएको जानकारी प्राप्त भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३ […]