काेराेना कहर : तेस्रो संक्रमित भेटियो, आईसोलेसनमा राखेर उपचार हुँदै

१२ चैत्र २०७६, बुधबार १५:४३

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । कोरोनाको तेस्रो संक्रमित भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको छ । उनको उपचार शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । उनी खाडी मुलुकबाट आएका व्यक्ति भएको जानकारी प्राप्त भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या ३ पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएकाे थियाे ।

Next Post

कोरोना कहरको विचमा मजदुरको मजदुरी

१२ चैत्र २०७६, बुधबार १५:४३
कालीकोट- कोरोनाले महामारीको रुप लिएपछि रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेको छ । जसले विशेष गरी न्युन आय भएका वर्गलाई थप पीडित बनाएको छ । रोग सर्ने डर भएपनि दुई छाँक टार्न उनीहरु अझै पनि मजदुरी गर्न बाध्य छन् । जिल्लाको सदरमुकाम मान्ममा कोरोनाको त्रासका विचमा पनि मजदुरहरुले मजदुरी गर्न […]