मिसन न्युजकाे तेस्रो बार्षिक उत्सव मनाइयो

३१ श्रावण २०७५, बिहीबार १७:४६

कालिकाेट– बेस्ट कर्णाली मिडिया प्रालिद्धारा प्रकाशित मिसन न्युज राष्ट्रिय साप्ताहिक पत्रिकाकाे तेस्रो बार्षिक उत्सव मनाइएको छ । स्थानपनाको दुई बर्ष पुरा भएपछि तेस्रो बार्षिक उत्सव मनाइएको हो । २०७३ साल साउनबाट प्रकाशन सुरु गरिएको मिसन न्युज राष्ट्रिय साप्ताहिक पत्रिका कालिकोटबाट निरन्तर प्रकाशन भइरहेको छ ।

प्रकाशनको तेस्रो वर्ष प्रवेस गरेको अवसरमा पाठकवर्ग, विज्ञापनदाता, स्थानीय प्रशासन, नेपाल पत्रकार महासंघलगयातका सरोकारोवालालाइ पत्रिकोतर्फबाट धन्यबाद प्रकट गरिएको छ । पत्रिका स्थापनाको तेस्रो वर्षसम्म साथ र सहयोग गर्ने विभिन्न निकायलाई पत्रिकाका सम्पादक पवित्र शाहीले धन्यवाद ज्ञापन गरेका हुन् ।

नेपाल सरकारको प्रेस काउन्सिलले मिसन न्युज साप्ताहिक पत्रिकालाई (ख) बर्गमा वर्गीकरण भएको सार्वजनिक गरेको छ । पत्रिका स्थापनाको तेस्रो वर्षभित्रै ख बर्गमा बर्गिकृत भएको हो । विगतको दुई वर्षमा सत्य तथ्य र निष्पक्ष रुपमा समाचार संकलन गरी प्रकाशन गरिएको छ । भावि दिनमा पनि समाजमा हुने राम्रा कामको प्रोत्साहन र नराम्रा कामको खबदारी गर्ने सम्पादक शाहीले प्रतिबद्धता गरेका छन् । बेस्ट कर्णाली मिडिया प्रालिका अध्यक्ष तथा मिसन न्युजका सम्पादक पवित्रकुमार शाहीको अध्यक्षता, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको प्रमुख आथित्यतामा बार्षिक उत्सव मनाइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तुलाराम पाण्डेले पत्रिका निरन्तर प्रकाशन गरेर पाठकको मन जित्न सफल भएकोमा शुभकामना व्यक्त गरेका थिए । बार्षिक उत्सव कार्यक्रममा स्थानीय तथा राष्ट्रिय संचार माध्यामका कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो । बेस्ट कर्णाली मिडिया प्रालिद्धारा साप्ताहिक पत्रिका प्रकाशन हुनुका साथै मिसन इन्युज डटकम अनलाइन पत्रिका समेत संचालनमा आइरहेको छ ।

Next Post

सरकारले बेरोजगारलाई काम दिने, सीप नभएकाले भत्ता पाउने

३१ श्रावण २०७५, बिहीबार १७:४६
काठमाडाैं- के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ? अब चिन्ता नगर्नुस्, सरकारले तपाईंको योग्यता, सीपअनुसारको रोजगार उपलब्ध गराउने छ। यदि रोजगार उपलब्ध नभए ‘निर्वाह भत्ता’ दिनेछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’मा सरकारले बेरोजगार नागरिकलाई एक आर्थिक वर्षमा […]