सुर्खेत- राष्ट्रियसभाको निर्वाचन कर्णाली प्रदेशबाट नेकपा गठबंधनको उम्मेदवार माया प्रसाद शर्माले ३६४८मत ल्याई विजयी भएका छन् । भने नेपाली कांग्रेसका डिल्लीराम पाठकले १०२६ मत ल्याएर प्रजित भएका हुन् ।
महिला तर्फको उम्मेदवारमा नेकपा गठबन्धनकी सुमित्रा वि.सी. ३६८४ मत ल्याएर बिजयी भएकी छन् । भने उहाँको एकमात्र निकटत्तम प्रतिद्वन्दी नेपाली काँग्रेस की गणेश कुमारी बस्नेतले १०२६ मत ल्याएर प्रजित भएकी हुन् ।
विजयी शर्मा जाजरकोट र विसी सुर्खेतका हुन् । प्रतिद्वन्दी नेपाली काँग्रेसका डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले समान एकहजार २६ मत प्राप्त गरे । दुइ मत भने बदर भएको निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले जानकारी दिए । यति वेला कर्णाली प्रदेश राजधानी निर्वाचन स्थिलमा विजय जुलुस मनाइ रहेका छन् ।


