निर्वाचन आयोग भन्छ – रिक्त स्थानमा उपनिर्वाचन गराउन कानुन छैन

१७ आश्विन २०७५, बुधबार १७:२६

काठमाडौ– निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमा उपनिर्वाचन गराउन कानुनको अभाव रहेको बताएको छ । निर्वाचन आयोगले आफ्नो कामकार्वाहीबारे बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा जानकारी गराउँदै स्थानीय तहमा रिक्त रहेका पदमा निर्वाचन गराउन कानुनको अभाव रहेको प्रष्टयाएको हो ।

स्थानीय तह र प्रदेश सभा गरी २५ वटा विभिन्न पदहरु रिक्त रहेपनि उपनिर्वाचन गराउन कानुनको अभाव रहेको निर्वाचन आयुक्त इला शर्माले बताइन् ।

आयोगले आफ्नो अनुमतिविना कर्मचारी सरुवा गर्ने सरकारको निर्णयप्रति  असन्तुष्टि पनि जनाएको छ । विना अनुमति कर्मचारी सरुवा गरिदिँदा आयोगको संस्थागत स्मरण कायम गर्न निकै ठूलो चुनौति रहेको पनि निर्वाचन आयुक्त शर्माले बताइन् ।

निर्वाचन आयोगले निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नै दिने कानुनी व्यवस्था गर्न पनि समितिको ध्यानाकर्षण गराएको छ ।

 निर्वाचनको मिति आफैले घोषणा गर्दा निर्वाचन सम्पन्न गर्न सहज हुने आयोगको तर्क छ । निर्वाचन आयुक्त शर्माले निर्वाचनको मिति तोक्ने अधिकार आफूहरुलाई दिन सरकारसँग पटक–पटक आग्रह गरिएको पनि समिति समक्ष जानकारी गराइन् ।

उनले आयोगले अहिले निर्वाचन मतदाता नामावली अध्यावधिक लगायतका काम अघि बढाएको बताइन् । आयोगले निर्वाचन खर्च, निर्वाचन व्यवस्थापनका चुनौतिलगायतका विषयबारे पनि समितिलाई जानकारी गराएको छ ।

Next Post

विवाद मिलाउन बसेको नेकपा सचिवालय बैठक निष्कर्षविहीन

१७ आश्विन २०७५, बुधबार १७:२६
काठमाडौँ–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बिहान बसेको बैठक २४ गते बुधबार बिहान ८ बजे बस्ने गरी सकिएको नेता वामदेव गौतमले जानकारी दिए । आज बसेको बैठकले पार्टीमा देखिएका पछिल्ला असन्तुष्टि, स्थायी कमिटीको बैठक बोलाउने लगायतका सम्बन्धमा निर्णय लिइने अपेक्षा […]