दोस्रो संक्रमित युवतीले कोरोना जितिन् , निको भएर घर फर्किइन्

६ बैशाख २०७७, शनिबार १४:०६

काठमाडौं – नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।

आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना सं‌क्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण भएको थियो ।
उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।

गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

Next Post

कोरोना जितेकी युवतीलाइ प्रधानमन्त्रीद्धारा आरोग्यता, स्वास्थ्यकर्मीलाई बधाई

६ बैशाख २०७७, शनिबार १४:०६
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बधाई र धन्यवाद दिएकाछन् । शनिबार कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामीको डिस्चार्जपछि प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीलाई बधाई दिएका हुन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् भने , ‘कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ, उहाँको आरोग्यताको […]