पर्यटन समृद्धिमा जागौँ

२७ कार्तिक २०७६, बुधबार ०९:०१

पर्यटकीय दृष्टिकोणले कर्णाली धेरै सम्भावना बोकेको क्षेत्र हो । प्राकृतिक रुपमा भएका स्रोत साधानहरु र प्राचिन सम्पदालाई मात्रै प्रयोग प्रचार–प्रसार र प्रबद्र्धन गर्न सके कर्णालीको पर्यटनले कुल ग्राहस्थ उत्पादनको केहि हिस्सा ओगट्न सक्ने क्षमता राखेको छ । जैविक विविधता, प्रकृतिका अनुपम उपहार हिमश्रृंखला, नदीनाला,झरना र तालतलाउका साथै कर्णालीमा पाईने जमिन र उत्पादनको विविधता पनि कर्णालीको पर्यटनका आधार हुन् । डाँडाकाँडा र हिमालहरुले जमिनको बनावटमा रहेको विविधता र यहाँका कला संस्कृति तथा पौराणिक महत्वका बस्तुहरुले पर्यटनको विकासलाई टेवा पु¥याईरहेको छ । प्राकृति रुपमा मात्रै नभइ मानवीय विकासका कारण समेत कर्णालीमा पर्यटकीय क्षेत्र बढ्दै गएको छ ।

पछिलो समयमा कर्णालीमा रहेका राराताल,से–फोक्सुन्डो,पचालझरना जस्ता तालहरुको सौन्दर्यताले पर्यटकको मनमोहमा बस्ने गरेको छ । यि क्षेत्र नजिकै रहेका अन्य व्यवसायीहरुको समेत आर्थिक अवस्थामा बृद्धि हुँदै गएको छ । पर्यटन तान्नको लागि यि क्षेत्र वरिपरी वस्ने समुदायहरुले मुख्य मुमिका खेल्नुपर्ने देखिन्छ । कर्णालीको यो सौन्दर्यता हेर्नकोलागि आन्तरिक पर्यटकमात्र नभई भारत र तेस्रो मुलुकबाट समेत पर्यटकहरु आउने गरेका छन् । जसका कारण पर्यटन व्यवसायलाई समेत एउटा अवसर प्राप्त भएको छ भने सयौँ व्यक्तिले अप्रत्यक्ष रुपमा रोजगार समेत पाएका छन् । यसका अलावा कर्णालीका केहि धार्मिक तथा सौन्दर्य विभिन्न क्षेत्रमा कर्णाली प्रदेश सरकार होम स्टेको स्थापना गर्ने पहल गरिरहेको छ ।

समय बदलियको छ । भएका संरचनालाई समायानुकुल परिवर्तन गर्ने र पुराना संरचनाको लागि नयाँ संरचनाको निर्माण गर्ने काम नगर्ने हो भने पर्यटनको क्षेत्रमा विकास सम्भव नभएको प्रमाणित यस्ता घटनाले गरेका छन् । पर्याप्त प्रचार–प्रसार र आन्तरीक तथा बाह्रय पर्यटकलाई भित्राउनका लागि प्रकृतिका अनुपम उपहारमा केही कृतिम संरचना निर्माण गर्दा पर्यटनको क्षेत्रमा फड्को मार्न मद्दत गदर्छ । लगानी गरेर पनि त्यसको प्रबद्र्धन गर्न नसक्नाले धेरै सम्भावना लुकेर बसेका छन् । संभावनालाई बाहिर ल्याउन थोरै लगानी र थोरै मेहेनत गर्ने होभने धरै प्रतिफल दिने क्षेत्र पर्यटन हो भनेर सबैले बुझ्नु जरुरी छ ।

Next Post

फेरी गयाे ५.७ रेक्टरको भूकम्प

२७ कार्तिक २०७६, बुधबार ०९:०१
सुर्खेत – नेपालमा ५.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरियकाे छ । आज बेलुका ७ बजेर १५ मिनेट जाँदा बझाङ आसपास केन्द्र भएर भुकम्प गएको हो । बझाङमा इपिसेन्टर पारेर भूकम्प गएको नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङको पौवागडी केन्द्र भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी […]

You May Like