चित्रसिंह गाउँले – आगामी बैशाख १ गतेका दिन सम्माननीय प्रधानमन्त्री केपी ओलीबाट रारा महोत्सव उद्घाटन तथा राराकै काखबाट राष्ट्रका नाममा सम्बोधन हुँदैछ । कर्णाली प्रदेश सरकारले प्रदेश मन्त्री परिषद् वैठकपनि रारामै राख्दै छ । बैशाख १ गतेकै दिन कालिकोट मा रहेको एसियाकै अग्लो दाबी गरिएको पचालझरना मा पचालझरना महोत्सवपनि तयारी थालिएको छ।राज्य स्तरबाट तय गरिएका यी कार्यक्रम का कारण वैशाख १ कर्णालीका लागि समान्य दिन अवश्यपनि हुनेछैन।कर्णालीवासी ले इतिहासकै सवैभन्दा महत्त्वपूर्ण दिनको रुपमा बैशाख १ लाई लिने छन ।
केन्द्र सरकारको प्रमुखको पहिलो राष्ट्रका नाममा सम्वोधनको कार्यक्रम त्योपनि कर्णालीको रारामा हुनु निकै अर्थपूर्ण रुपमा हेरिनु पर्दछ।२०२० सालतिर राजा महेन्द्र घोडामा सवार भएर रारा पुगे।राराको वारेमा निकै गुणगानसहित कवितापनि कोरे । त्यसले गर्दा राराको सुन्दर्ताको व्याख्या बढ्दै आयो।त्यस पश्चातपनि रारामा विशिष्ट व्यक्तिहरु आइराखे । यधपी रारा र कर्णालीका लागि सवैभन्दा विशेष महत्त्वका ब्यक्तिको भ्रमण आगामी बैशाख १ गते प्रधानमन्त्रीको भ्रमण नै सावित हुनेछ ।
रारा महोत्सव मात्र नभइ रारा पर्यटन वर्ष २०७५ को उद्घाटन हुने त्यसदिनको कार्यक्रमले वर्षभरी रारामा लाखौं पर्यटकको ओइरो लगाउने उत्प्रेरणा दिनेछ । त्यो दिनको प्रधानमन्त्रीको सम्वोधनले नेपाललाई अब गरीव मुलुकमा रहन नदिने शंखघोष गर्नेछ।कर्णालीलाइ परनिर्भर भैरहने अवस्था को अन्त्य गर्दै भविष्यमा कर्णालीसामु अरुले हात डास्नुपर्ने प्रदेश बनाउने प्रतिबद्धता त्यो दिनले गराउने छ।हालको कर्णालीको परिचय जसले जे भनेर चिनेका छन अब त्यो परिचय बदल्न लगाउने छ बैशाख १ ले । हालको कर्णाली अल्छि र भिखारीहरुको विम्बको रुपमा परिचित छ । हाल कर्णाली घुम्न आउनेहरु फाटेका लुगा,दुब्ला पातला फोहरी मान्छे,हिड्नै कठिन हुने सडक हेर्न भनेर आउने गर्छन।यथार्थमा हालको कर्णालीमा त्यो देख्न पाइन्छ । बैशाख १ पछि कर्णालीको त्यो परिचय बदल्ने जिम्मेवारी राज्यले लिनु पर्दछ ।
सम्वोधनका लागि मात्र सम्बोधन र केवल औपचारिकताको रारा पर्यटन वर्ष २०७५ बन्नु हुँदैन र बन्दैन भन्ने हामी कर्णाली र यो प्रदेशवासीको अपेक्षा छ।रारा पर्यटन वर्ष सँगै जोडिएको प्रधानमन्त्रीको सम्बोधन ले रारा क्षेत्रमा पर्यटन पूर्बाधार विकास र समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिको ढोका खोल्न सक्न पर्दछ । कर्णाली केवल चुनौती नभइ मुलुकको आर्थिक समुन्नतिको मेरुदण्ड हो भन्ने राज्यले बुझ्न सक्न पर्दछ।त्यसका साथसाथै कर्णाली क्षेत्रको जलस्रोत,कृषि,खनिज तथा जडिबुटी लगाएतका स्रोतसाधनलाइ सही सदुपयोग गर्न राज्यले ढिला गरेन भने यो प्रदेशको परिचय बदलिने छ ।
केन्द्र सरकारले ईच्छाशक्ति देखाएमा रारा केवल वर्षेनी हजारौं पर्यटकमा चित्त बुझाउनु पर्ने पर्यटकीय स्थलमा सिमित रहने छैन।सुर्खेतदेखि दैलेख भएर महाबु हुँदै नाग्म सिंजादेखि गोरुचौर खण्डवाट रारा सडक निर्माण सम्पन्न गर्न सकेमा एकैदिनमा सुर्खेतबाट समयमै रारा पुग्न सकिनेछ । अझैँ दैलेख नाकगौडादेखि कालिकोट डिल्लीकोट भिमचुली सम्म सुरुङ निर्माण मार्फत रारा यात्राको दुर्तमार्ग बनाउन सके प्रदेश राजधानी सुर्खेतदेखि बिहानको खाना खाने गरि रारा पुग्न कठिन हुने छैन ।
हालको सुर्खेत जुम्ला खण्ड त्योपनि जुम्ला सिंजा बोतामालिका भएर राराजाने सडक दोब्बर भन्दाबेशी लामो दुरीमा छ भन्ने प्रदेश र केन्द्र सरकारमा वसेका जिम्मेवार व्यक्तिहरुले समयमै बुझ्न आवश्यक छ । पर्यटकहरु फेरि चिल्ला गाडी र सडक एवं जहाँज मार्फत मात्र यात्रा गर्न चाहन्छन भन्ने बुझाइमा पनि सुधार ल्याउन उत्तिकै आवश्यक छ । रारा जादा दैलेखको पवित्र तिर्थस्थल शिरस्थान पञ्चकोशी,महाबु भएर पैदल पदयात्रा गराउदा पैदलपनि ढिलोमा ५ दिनमा रारा पुगाउन सकिन्छ भन्ने प्रचार समेत गरिनु उचित छ । प्रदेश र केन्द्र सरकारले कर्णाली करिडोर लाई तिब्रता दिएर चाँडोभन्दा चाँडो उत्तर दक्षिण रुपैडिहा मानसरोवर सडक सुविधा पुगेमा कर्णाली प्रदेशको भाग्य चम्किलो हुनेछ ।
हिन्दु तिर्थालुहरु सवारीसाधन मार्फत गाडीमा मानसरोवर पुग्न पाउने स्थिति सिर्जना गर्न सकियो भने पर्यटन मार्फत कर्णाली प्रदेश समुन्नत बन्नेछ । रारा र मानसरोवर का अगाडि नैनिताल के नै होर।रंग वदल्ने रारा,रारा भन्दा माथि रहेको मुर्माटपको डाँडाबाट देखिने हिमश्रृङ्खला का दृश्य नियाल्ने हो भने रारालाइ छोडेर फर्किन कोहीपनि पर्यटकलाई मन लाग्ने कुरै हुँदैन ।
रारा र मानसरोवरका साथै कर्णाली प्रदेशको सिंगो भूगोल पर्यटक आकर्षणको केन्द्रका रुपमा छ।प्रदेश राजधानी सुर्खेत उपत्यकाभित्रै रहेका काँक्रेविहार र बुलवुले ताल पनि महत्त्वपूर्ण पर्यटकीय स्थलकै रुपमा छन । कर्णाली खस राज्यको राजधानी सिंजा,मौसमी राजधानी दुल्लु र सिंजा सभ्यता तथा खस भाषा,मनुभूमी मान्म,नरहरिनाथको जन्मभूमि,चन्दनाथ,से फोक्सुण्डो,छायानाथ र बडिमालि, पचाल झरना पनि ऐतिहासिक धार्मिक पर्यटकीय स्थल छन । यधपी अहिलेसम्म यीनको प्रचारले ब्यापकता पाएको छैन ।
प्रदेश र केन्द्रका साथै स्थानीय सरकारले अब यीनको प्रवर्द्धन र विकास का साथै स्थानीय नागरिकमा पर्यटक मैत्री संस्कारको विकासका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु ज्यादै आवश्यक छ । नाङ्गा खुट्टा आगाको भुङ्ग्रोमा धामी नाच्ने विषय पर्यटकको लागि कम आकर्षणको विषय बन्ला।विज्ञानलाइ समेत चुनौतीपूर्ण दिन सक्ने सँस्कार कर्णालीमै छ । प्रदेश राजधानी सुर्खेतबाट अब गाडीमा १ दिनमै कालिकोटको एल्खेसल्ला पुगेर आगोमा प्रत्यक्ष धामी नाँचेको देख्न सकिने छ । यस्ता प्रकृतिका कालिकोटमा केही अन्य स्थानपनि छन । तर सबैभन्दा बढी चर्चामा एल्खेसल्ला छ । कर्णालीका समग्र पर्यटकीय स्थलको प्रचार प्रसार तथा विकासमा रारा पर्यटन वर्ष २०७५ कोशेढुंगा सावित बन्न सक्न पर्दछ ।
यसका लागि सर्वप्रथम रारा महोत्सवसहित प्रधानमन्त्रीले गर्ने राष्ट्रका नामको सम्बोधन ले ज्यादै अर्थ राख्ने छन । वर्षभरी पर्यटक घुम्ने र वस्ने विषय त सहज नै हुनेछ तर, महोत्सव अवधिमा खान वस्न तथा मनोरञ्जन का कार्यक्रममा विशेष व्यवस्थापन गर्न आयोजक सफल हुन सकेनन भने यसकारण वर्षभरि मात्र नभइ पछि सम्म लाई असर पार्ने छ।महोत्सव अवधिमा कर्णाली प्रदेशका विशेष पहिचान पूण साँस्कृतिक पक्षहरु उजागर गरिनु आव्यक छ ।
निरन्तर रारा लगाएत पर्यटकीय स्थलको सरसफाइ,पर्यटकहरुलाइ गाइड गर्न गुन्यु चोली र दौरा सुरुवातमा कर्णालीकै युवायुवती,ठाउँठाउँमा साँस्कृतिक प्रस्तुति व्यवस्था अनि जाँड रक्सीमा उचित निगरानी राख्न आयोजक बाट कमजोरी रहन हुँदैन ।
साथै महोत्सवमा वाहिरीए कलाकार र कलासँस्कृतिको ठाउँमा स्थानीयले स्थान पाएको हुन सक्न पर्दछ । यसरी आगामी बैशाख १ वाट सुरु हुने रारा पर्यटन वर्ष सफल पार्न सबै आ आफ्नो ठाउँबाट सक्रियताको साथ जुट्ने प्रयास गरौँ । हामी सबैको अथक प्रयत्नबाट मात्रै रारा पर्यटन वर्षको कार्यक्रम सफलसिद्ध हुन सक्ने छ । यश अवसरमा रारा गन्तव्यका सडक खण्ड र विमानस्थल क्षेत्रका वजार तथा घर आगँन लाई अरुका भर नपरी सरसफाइमा ध्यान दिन अभिप्रेरित गर्न ढिला नगरौं । सरकारले पनि बैशाख १ लाई कर्णाली प्रदेश र राज्यको समृद्धि यात्राको सुरुविन्दु बनाउन आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराखोस । कर्णालीमाथि वर्षौदेखि भएको अन्याय का कारण गुथिएको विकटता र पछौटेपनको पर्दा बैशाख १ बाटै च्यातियोस।साँच्चै देश विकासको सूर्योदय राराबाटै आगामी बैशाख १ गतेदेखि होस र त्यसको जस बर्तमान सरकार लिन सफलता पावस् आम कर्णालीवासीको अपेक्षा यही नै रहेको छ । लेखक नेकपा एमाले जिल्ला कमिटी कालिकाेटका सचिव हुन् ।