फेरी गयाे ५.७ रेक्टरको भूकम्प

३ मंसिर २०७६, मंगलवार २१:४७

सुर्खेत – नेपालमा ५.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरियकाे छ । आज बेलुका ७ बजेर १५ मिनेट जाँदा बझाङ आसपास केन्द्र भएर भुकम्प गएको हो । बझाङमा इपिसेन्टर पारेर भूकम्प गएको नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङको पौवागडी केन्द्र भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको हो ।

कर्णालीका सुर्खेत, दैलेख, प्रदेश ५ को बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको अछाम, कैलालीलगायतका जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको थियो ।अहिलेसम्म भुकम्पबाट भौतिक तथा मानविय क्षति भएको जानकारी आएको छैन ।

Next Post

मन्त्री छान्न बालुवाटारमा नेकपा बैठक सुरु

३ मंसिर २०७६, मंगलवार २१:४७
काठमाडौँ– नयाँ मन्त्री चयनबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक सुरु भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले मन्त्रिमण्डल पुनर्गठनमा पर्ने मन्त्रीहरुको नाम अनुमोदन गर्नेछ । यसका साथै पार्टी एकीकरणबारे समेत छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए । आजको बैठकमा अध्यक्षद्धय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव […]