कोरोना कहर,दोस्रो लहर

कर्णालीमा एकै दिन ८ जनाको मृत्यु

लिलाराज संज्याल १७ बैशाख २०७८, शुक्रबार १९:३१

सुर्खेत – कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेश अस्पताल सुर्खेतमा ५ जना, जिल्ला अस्पताल दैलेखमा १ जना,जिल्ला अस्पताल सल्यानमा १ जना र जिल्ला अस्पताल रुकुमपश्चिममा १ जना गरी ८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका ५ सुर्खेतका ६३ वर्षीय, वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतका ४५ वर्षीय, वीरेन्द्रनगर वडा नं.८ का ६३ वर्षीय, वडा नं. ११ का ५३ वर्षिय र वडा नं. १२ का ४० वर्षीय पुरुष, सिद्धकुमाख गाउँपालिका २ सल्यानका ४२ वर्षीय, मुसिकोट नगरपालिका ४ रुकुमपश्चिमका ६० वर्षीय पुरुष र नारायण नगरपालिका ६ दैलेखका २७ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिएका छन् । हाल सम्म कर्णाली प्रदेशमा नयाँ भेरियन्ट आएसंगै मृत्यु हुनेको जम्मा संख्या ४७ जना पुगेको निर्देशनालयले सुर्खेतले जानकारी दिएको छ ।

आजको तथ्याङ्क अनुसार हाल सम्म आइसोलेसनमा रहेका जम्मा संक्रमण १ हजार ३ सय ९३ रहेका छन । त्यस्तै आरटि पिसिआर विधिबाट कर्णालीमा प्रयोगशाला परिक्षण गरेका हालसम्म जम्मा संख्या ९९ हजार ७ सय ४६ रहेको छ । आरटि पिसिआर विधिबाट संक्रमण हुनेको हालसम्म जम्मा संख्या ८ हजार ५ सय ६७ जना रहेको तथा कोभिड–१९ जितेर घर फर्किनेको हाल सम्म जम्मा संख्या ७ हजार ५ सय ६१ जना रहेको निर्देशनालयले बताएको छ ।

Next Post

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुट्यो

१७ बैशाख २०७८, शुक्रबार १९:३१
काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो । नेकपाका पूर्व वरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको हो । विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने […]