त्रिवेणीको आशा र भरोसा

१८ भाद्र २०७६, बुधबार १९:५०

सान्नी त्रिवेणीको पदयात्राले कर्णालीको पर्यटन समृद्धितिर आशा जोगाएको छ । नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरे पश्चात त्रिवेणीको पदयात्राले पर्यटन क्षेत्रको आशा र भरोसा जोगाएको हो । कर्णाली र देशभर धेरै पर्यटकिय क्षेत्रहरु पर्यटन गन्तव्यमा परेता पनि कालिकोटको त्रिवेणी धाम पर्न सकेन । चालु आर्थिक वर्षमा सम्वन्धित निकायले यो क्षेत्रलाई पर्यटन गन्तव्यमा पार्न आवश्यक छ । यसको सदुपयोग गर्ने हो भने, पश्चिम नेपालको भुस्वर्गकै पहिचान दिने छ ।

पर्यटन क्षेत्रको प्रचुर संम्भावना बोकेको त्रिवेणीको मुहार फेर्न तिन वटै सरकारको ध्यान केन्द्रित हुन जरुरी छ । भौगोलिक रुपमा केहि चुनौती भएता पनि कर्णालीकै संम्भावना वोकेको सान्नी त्रिवेणी क्षेत्रले हजारौँको संख्यामा पर्यटक तान्ने आशा जोगाएको छ । सिजन अनुसार मात्र पुजापाठ गर्ने प्रचलन भएता पनि यो क्षेत्रमा पटकपटक दर्शालु र पर्यटकको ओहिरो लाग्ने देखिन्छ ।

त्रिवेणीको काखमा रहेका दर्जनौ पाटनले पर्यटकलाई लगाएको मोहोनीले थप संम्भावना देखाएको छ । त्रिवेणी आउने पर्यटकले भुस्वर्गको अनुभुति गर्दछन् । प्छिल्लो समय त्रिवेणी पश्चिम नेपालकै सुन्दर स्वर्ग बनेको छ । मुम्राको लेकाली क्षेत्रमा रहेको सुन्दर त्रिवेणी पाटनमा पर्यटकहरुको चहलपहलले पर्यटनको आशा जोगाएको छ । प्रायाः सिजन अनुसार नै पर्यटकहरुको त्रिवेणी पाटनमा ओहोरदोहोर हुने गरेको पाइन्छ । त्रिवेणी पाटन समुन्द्री सतहदेखि करिव ४ हजार मिटरको उचाइ हुनुले झन पर्यटनको संम्भावना देखिन्छ । त्रिवेणी पाटन मात्र नभएर त्रिवेणी धामको रुपमा परिणत भएकाले यसको झन महत्व रहेको छ । नेपालको पुर्व मेचि देखि पश्चिम महाकाली सम्मका हजारौ थिर्तालु भक्तजनहरु त्रिवेणी पाटन भएर बडिमालीकाको दर्शन गर्छन् ।

यो स्वर्गको टुक्रालाई गाउँपालिका,प्रदेश सरकार र संघिय सरकारले वलैमा सोच्नु पर्ने वेला आएको छ । पछिल्लो समय प्रदेश सरकारले भक्तजना वस्ने दूई वटा भवन निर्माण त गरेको छ । तर, थप अन्य संरचनाको आवश्यकता देखिएको छ । यसका लागि गाउँपालिका मात्र होइन, सरोकारवाला सबैले त्रिवेणीको पर्यटन प्रर्वद्धनको लागि लाग्न आवश्यक छ ।

गाउँपालिकाले पहिलो पटक गरेको पदयात्रा सवैका लागि स्वागतयोग्य छ । त्रिवेणीको मोहोनी लाग्दो सुन्दरताले धेरै पर्यटकलाई आकर्षण गरेको पाइन्छ । यहाँको थप संरचना र पर्यटन पदमार्ग निर्माण भएमा झनै राम्रो हुने वाला छ । यस क्षेत्रको पर्यटन विकासका लागि जसरी सान्नी त्रिवेणी गाउँपालिले कम्मर कसेको छ, त्यस्तै तिनवटै तहका सकारको पर्यटन विकासमा एकजुट हुनुको विकल्प छैन ।

Next Post

2076-05-18

१८ भाद्र २०७६, बुधबार १९:५०

You May Like