कम्पनीद्वारा सुरुङ खन्न ढिलाई, मेलम्चीको पानी दशैँमा नआउने

७ असार २०७४, बुधबार १४:४१

काठमाडौं—मेलम्ची खानेपानी आयोजनाको टनेल कार्य सक्न अझै ९ महिना लाग्ने देखिएको छ। हाल इटालीको ठेकेदार कम्पनीले दैनिक ११ मिटर मात्र टनेल खनिरहेको छ। उसले काममा थप तीब्रता नदिने हो भने दशैँसम्म काठमाडौंमा पानी आउने भनेर प्रचार गरिएको विषय झुटो सावित हुने सम्बन्धित सरकारी अधिकारीले उल्लेख गरेका छन्।

अक्टोबर (दशैँ) सम्म पानी ल्याउने भनेको योजना यही तरिकाले जाने हो भने असम्भव भइसकेको छ’, उनले भने, ‘यसमा जिम्मेवार निकायले तत्काल ध्यान दिन जरुरी छ।’ एशियाली विकास बैंकको परियोजना समीक्षा कार्यक्रममा बोल्दै अर्थसचिव शान्तराज सुवेदीले हाल ठेकेदारले अत्यन्त ढिलो गतिमा सुरुङ खन्ने कार्य गरिरहेको बताए। ‘अक्टोबर (दशैँ) सम्म पानी ल्याउने भनेको योजना यही तरिकाले जाने हो भने असम्भव भइसकेको छ’, उनले भने, ‘यसमा जिम्मेवार निकायले तत्काल ध्यान दिन जरुरी छ।’

मेलम्चीको हेडवक्र्स, पानी प्रशोधन केन्द्र निर्माणको कार्य पनि ढिलाई भइरहेको उनले औंल्याए। २७ किलोमिटर टनेलमध्ये अब तीन किलोमिटर खन्न बाँकी छ। टनेल खन्ने कार्यमा ढिलाई हुँदा यसअघि परियोजनाको लागत रकम वृद्धि भएको थियो। सुरुमा ठेकेदारले दैनिक ३५ मिटर सुरुङ खन्दै अाएकाेमा पछिल्ला दिनमा काममा ढिलाइ भएको हो।

शासेक पावर प्रोजेक्ट र गौतम बुद्ध विमानस्थल र पुनःनिर्माणको कार्य पनि अत्यन्त सुस्त भएको सचिव सुवेदीले औंल्याए । कार्यक्रममा बोल्दै एडिबीका उपमहानिर्देशक जिवेश शरणले ठूला आयोजनाहरु मेलम्ची, गौतमबुद्ध विमानस्थललगायतका आयोजनाहरुमा अत्यन्त सुस्त गतिमा काम भइरहेको जनाए।

Next Post

कांग्रेसलाई जिताउने जिम्मा तरुण दलको काधमा : महामन्त्री शाही

७ असार २०७४, बुधबार १४:४१
धरान – नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले अबको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउने जिम्मा तरुण दलको काधमा आएको बताए । कांग्रेस लाई हराउने ताकत कसैको नभएकोले कांग्रेस लाई बिजयी हुन बाट कसैले रोक्न नसक्ने शाहीले बताएका छन। धरानकाे चुनावी अाम सभालाइ सम्वाेधन गर्दै साे कुरा बताएका हुन् । […]