३ करोड ७८ लाख लागतको प्रहरी भवन निर्माण हुँदै

२५ असार २०७४, आईतवार ०८:२१

कालिकोट- जिल्ला प्रहरी कार्यालयको भभ्व भवन निर्माण हुने भएको छ । लामो समयसम्म जीर्ण अवस्थामा रहेको प्रहरी भवन अव भने सुविधा सम्पन्नसहितको निर्माण हुने भएको हो । पुरानो भवन साघुरो त्यसैमा भुकम्पले छकछुकाएपछी झनै असुरक्षितर बेकामको भईसकेको थियो । आर्थिक वर्ष २०७३÷०७४ मा नेपाल सरकार शान्ति तथा पुनर्निर्माण मन्त्रालयको लगानीमा भवन निर्माण भईरहेको हो ।

भवनको शिलान्यास मध्य क्षेत्रिय कार्यालय सुर्खेतका प्रहरी नायव महानिरिक्षक विजयलाल कायस्थले शिलान्यास गरेपछि निर्माण कार्य सुरु भएको छ । कायस्थले लामो समयसम्म जिर्ण भवनमा वसेर जनताको सुरक्षा दिने प्रहरीलाई धन्यवाद प्रकट गरे । उनले भने, ‘नागरिकको पशिनाबाट बन्न लागेको भवन गुणस्तरिय बनोस् । कर्णालीका सबैजसो जिल्ला प्रहरी कार्यालयभन्दा कालिकोटको अत्यान्तै जिर्ण अवस्थामा भएकाले नयाँ भवन निर्माण भएको हो ।’ उनले थपे, ‘जिर्ण भवनको असहज परिस्थितीबाट सेवा दिने प्रहरी अव सुविधा सम्पन्न भवनबाट नागरिकलाई सेवा प्रदान गर्ने सुनौलो अवसर पाईहोस् ।’

प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदी र जिल्लाका सरोकारवालाको सहभागीतामा भवन शिलान्यास गरिएको थियो । प्रजिअ सुवेदीले कालिकोटको भौगोलिक अवस्था धेरै कठिनाई भएकाले गाउँमा प्रहरी युनिट थप्न क्षेत्रिय प्रहरी प्रमुखलाई आग्रह गरे । उनले भने, ‘जनसंख्या भन्दा पनि यहाँ भुगोलको आधारमा प्रहरी इकाई थपीनु पर्छ ।’ शान्ति तथा पुनर्निमाण मन्त्रालयको ३ करोड ७८ लाख मुल्य अभिबृद्धि करसहितको लागतमा निर्माण हुने भएकाे छ ।

निर्माण ब्यवसायी तारा शाहले भनिन् ‘स्टमेट अनुसारको गुणस्तरयुक्त भवन निर्माण गर्छु । बात गरेर भन्दा पनि काम गरेर देखाउछु ।’ उनले भनिन् ‘३० भन्दा बढी भवन निर्माण गरि सके हाल ४२ करोडको कारोबारमा प्राेजेक्ट रनिङ्ग गरेकी छु ।’ जिल्ला प्रहरी कार्यालय कालिकाेटका प्रहरी प्रमुख याेगेन्द्र खड्काले भवन शिलान्यास गरेर सहयाेग गरेकाेमा क्षेत्रिय प्रहरी प्रमुखलार्इ स्वागत सहित धन्यबाद प्रकट गरेका थिए ।

Next Post

सुत्केरी आमा बचाउन हेलिकोप्टर चार्टर

२५ असार २०७४, आईतवार ०८:२१
कालिकोट- जिल्ला अस्पताल कालिकोटमा प्रसुतीका लागि आएकी एक महिलाको ज्यान जोगाउन भेरी अस्पताल नेपालगञ्ज रेफर गरिएको छ। जिल्लाको पूर्वी क्षेत्रमा पर्ने तिलागुफा नगरपालिका-११ निवासी हरिशोभा सुनारको अत्याधिक मात्रामा रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत् भेरी अस्पताल नेपालगञ्ज लगिएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ। सुनारले आइतबार बिहान छोरी जन्माएपछि रक्तश्राव भएको डा. प्रकाश जीशीले […]

You May Like