जीप दुर्घटना हुँदा २५ घाइते, २ गम्भीर

१४ बैशाख २०७६, शनिबार १२:५९

कालिकोट – कालिकोटमा तरकारी बोक्ने जीप पल्टिँदा २५ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम मान्म बजारदेखि करिब ४ किलोमिटर दुरीमा रहेको पंचदेवल माध्यामिक विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हिँडेका खेलाडी र दर्शक बोकेको जीप जिल्ला अस्पताल मोडमा पल्टिँदा २१ जना घाइते भएका हुन्।

प्रहरीकाअनुसार क्षमताभन्दा बढी यात्रु बोकेर कार्यक्रमस्थलतिर जाँदै गरेको लु १ च ६४६४ नम्बरको मदन होटलको रातो प्लेटको जीप अस्पतालको मोडमा बायाँतिर मोड्दै गर्दा पल्टिएर ५ जना महिला र २० जना पुरुष घाइते भएका छन्। पाँच जना यात्रुहरु बोक्न मिल्ने जीपमा ३५ जनाभन्दा बढी यात्रुहरु बोकेकाले जीप पल्टिएको प्रहरीको भनाई छ।

                                                        दुर्घटना भएको जीप। 

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक नवराज भट्टले जीप दुर्घटनामा घाइते भएका २५ जना मध्ये २ जना गम्भीर रहेको जानकारी दिए। उनका अनुसार खाँडाचक्र नगरपालिकाकै नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापनमा हेर्न गएका दर्शक अर्जुन भारती र जयराज पाण्डे गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि रिफर गरिएको छ। बाँकी २० जना घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ। जीपले सुर्खेतदेखि कालिकोटसम्म मान्छे र पछाडीको ढालामा तरकारी पसलहरुको तरकारी ढुवानी गर्दै आएको थियो।

 

Next Post

अधिकांश प्रदेशको सक्षमतामाथि प्रश्न : डेढ वर्ष बित्दा पनि अझै लागेन राजधानीको टुङ्गो

१४ बैशाख २०७६, शनिबार १२:५९
काठ्माडौं – देश र प्रतिनिधिसभाको चुनाव भएको पनि झण्डै डेढ वर्ष बित्न लाग्यो । २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधिसभाको चुनाव भएको थियो । २०७२ मा संविधानसभाबाट जारी भएको संविधानअनुसार सम्पन्न चुनावबाट नेपालमा पहिलो पटक सङ्घीय व्यवस्था कार्यान्वयनमा आएको हो । मुलुकमा संविधानले ७ प्रदेशको […]