कालिकोट– मदन भण्डारी फाउन्डेसन काठमाण्डौँले अग्नी पीडितका लागि राहत हस्तान्त्रण गरेको छ । पलाँता गाउँपालिका १ खाँडामा भएको भिषण आगलागीबाट पीडित परिवारलाई फाउन्डेशनले राहत हस्तान्त्रण गरेको हो । पुसको कठाङ्गग्रीदो चिसोमा खाँडावासीका ८७ घर जलेर नष्ट भएपछि फाउण्डेसनले राहत संकलन गरेर हस्तान्त्रण गरेको हो ।
आगलागीबाट पीडित ८७ घर परिवारलाई मदन भण्डारी फाउण्डेसन केन्द्रीय कार्यालयले पलाँतामै पुगेर राहत हस्तान्त्रण गरेको छ । संकलन गरेको राहत पलाँला गाँउपालिकाको कार्यालय कालिकोटलाई हस्तान्त्रण गरेको छ । मदन भण्डारी फाउन्डेसनका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा साँसद रविन्द्र शर्माले गाउँपालिकालाई राहत हस्तान्त्रण गरेका हुन् । नेकपा एमाले कालिकोटका पुर्व अध्यक्ष तथा नेकपाका नेता नगिन्द्र शाही (नेशनल) नागरिक समाज, जनप्रनिधिको रोहबरमा गाउँपालिका मार्फत राहत हस्तान्त्रण गरिएको हो ।
पलाँताका अग्नी पीडितको राहत संकलन गरी हस्तन्त्रण गरेकोमा मदन भण्डारी फाउन्डेसन लाई नेकपाका नेता नगिन्द्र शाही (नेशनल) ले धन्यबाद व्यक्त गरे । राहत हस्तान्त्रण कार्यक्रममा सहभागी नेता शाहीले अग्नी पीडितहरुको घाउँमा मदन भण्डारी फाउन्डेसन मलम पट्टी लगाएकोमा प्रसंशा गरे । विपदमा परेका नागरिकलाई फाउन्डेसनले राहत हस्तान्त्रण पीडामाथी मलम लगाउने काम गरेको मदन भण्डारी फाउन्डेसनका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सांसद रविन्द्र शर्माले बताए । पलाँताको आगलागीले फाउन्डेसनबमे गम्भिर ध्यानआकर्षण भएको शर्माले बताए । आवश्यक परे थप राहतको लागि पहल गर्न तयार रहेको उनले बताए ।
पलाँता गाँउपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बम र १ नम्वर वडाका अध्यक्ष मानबहादुर भण्डारीलाई राहत हस्तान्त्रण गरिएको छ । मदन भण्डारी फाउन्डेसनले राहत स्वरुप मनसुली चामल ५० क्वीन्टल, चिउरा २५ बोरा, सिरक १ सय थान, पाल तिस थान, टेन्ट २० थान, कम्मल ४० थान, पानी बोक्ने झोला ८४ थान, चाउचाउ एक सय काटुन, खाने तेल दुई सय लिटर र औषधी १० काटुन हस्तान्त्रण गरिएको छ । साथै लगाउने कपडा पनि एक काटुन हस्तान्त्रण गरिएको छ ।
फाउन्डेसनले हस्तान्त्रण गरिएको राहत सामाग्री सम्वन्धित पीडित परिवारलाई वितरण गर्ने गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । पलाँता गाउँपालिकाको खाँडागाउँमा आगलागी हुँदा ८७ घर जलेर खरानी बनेका थिए । आगलागी हुँदा ७ जना स्थानीय सामान्य घाइते भएका थिए । पुस ८ गते राती भएको आगलागीले स्थानीयका २२ चौपाँया मरेका छन् ।