बन्दी लाइ फलफुल बितरण गरेर मनाए बमले जन्म दिन

१६ श्रावण २०७५, बुधबार १८:४७

कालिकोट–जिल्लाको अग्नी ज्वाला टेक्निकल ईन्ष्टिच्युटका प्रोपराइटर पबन बमले आफ्नो जन्म दिन जिल्ला कारागारका कैदिहरुलाई फलफुल बितरण गरी मनाएका छन् । अग्नी ज्वाला टेक्निकल ईन्ष्टिच्युटका प्रोपराइटर पबन बमले आफ्नो २२ बर्ष पुरा भई २३ बर्षमा प्रबेश गरेको उपलक्क्षमा जिल्ला कारागारका कैदिहरुलाई फलफुल बितरण गरेका हुन् । जिल्ला कारागार कालिकोट का जेलर दल बहादुर बुढा को उपस्थिती मा फलफुल बितरण गरीएको हो । पछिल्लो समयमा अहिलेका नयां पुस्ता ले यो उदाहरणीय काम गरेको भन्दै बम ले गरेको योकाम मा आफु लाइ खुसि लागेको जेलर बुढाले बताए ।

कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ५ स्थित बुवा पहलमान बम, आमा सिलकौरा बम का जेठा सुपुत्र २०५३ साल श्रावण १६ गतेका दिन जन्मीएका बमले यो भन्दा पहिले जन्म दिन होटेल र रेष्टुरेन्टमा मनाए पनि अबको जन्म दिनमा यस्तै कार्यमा मात्र खर्चगर्ने बताएका छन ।

Next Post

प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय गर्न संसदीय समितिको बैठक शुरु

१६ श्रावण २०७५, बुधबार १८:४७
काठमाडौं–प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको नाम स्वीकृत वा अस्वीकृत गर्ने विषयमा निर्णय लिन संसदीय सुनवाई समितिको बैठक शुरु भएको छ । सिंहदरवारस्थित समितिको कार्यलयमा अनौपचारिक बैठक शुरु भएको समितिका सदस्य योगेश भट्टराईले बताए । अनौपचारिक बैठकमा काँग्रेसलाई सर्वसम्मत निर्णयका लागि फकाउने प्रयास भएको छ । नेकपा जोशीको विपक्षीमा छ । […]