खानपानमा सन्तुलनसँगै नियमित व्यायाम फिट रहने सबैभन्दा उत्तम उपाय हुन् । त्यसकारण यी खानेकुरासहित नियमित व्यायाममा पनि ध्यान दिनुहाेला ।

यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोच बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिरलाई फाइदाभन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । यस्तोमा तपाईं बढिरहेको बोसोलाई घटाउनका लागि प्राकृतिक तरिका अपनाउनु लाभदायक हुन्छ ।

पेटको वरिपरिको बोसो घटाउने केही सजिला तरिकाहरु यसप्रकार छन् ।

व्यायाम

बिहानै हल्का व्यायम गरौं । अथवा साइक्लीङ वा योगा गर्दा पनि हुन्छ । यसबाट सकारात्मक भाव आउनेछ र सकारात्मक सोच्ने क्षमता बढ्छ । बिहान नियमित व्यायाम गर्दा पेटको बोसो सजिलै नियन्त्रणमा आउँछ ।

चिनीबाट टाढा

कम फ्याट भएको खाना खाने र चिनीबाट टाढा बस्ने मानिसहरु अरुभन्दा बढि फिट हुन्छन् । एक चम्चा चिनीमा १६ क्यालोरी हुन्छ ।

यसले सजिलै मेटाबोलिज्मबाट शरीरले उर्जा प्राप्त गर्छ । त्यसैले चिनीको सन्तुलित प्रयोगले मोटोपना बढ्दैन । तर, चिनीबाट बनेका मिठाई, जस्तै जेरी, लड्डु, आदि अत्यधिक सेवनले मोटोपना बढाउँछ ।

फाइबरयूक्त खाना

पेटमा जम्मा भएको मासु फाइबरयुक्त खानाले कम गर्छ । फाइबरयुक्त खाना खानुभयो भने लामो समयसम्म भोक लाग्दैन । यसले पेटको पाचन पनि ठिक राख्छ ।

ड्राइफ्रुट्स

ड्राइफ्रुट्सको मद्दतले २८ दिनभित्र आफ्नो वजन कम गर्न सकिन्छ । यसमा रहेको मोनोसस्यूट्रेटेड फ्याटबाट शरीरमा इन्सुलिनको स्तरमा सुधार हुन्छ र शरीरमा रहेको फ्याट बिस्तारै बिस्तारै कम हून्छ ।

सुत्नुअघि नुहाउने

प्राय मानिसहरु बिहान नुहाउन रुचाउँछन् । तर राति सुत्नुअघि नुहाउनु पनि उत्तिकै महत्वपूर्ण छ । यसो गरेमा मिठो निद्रा लाग्छ । मिठो निद्राले पनि वजन धेरै हदसम्म क मगर्न सकिन्छ । नुहाउँदा २७५ सम्म क्यालोरी बर्न हुन्छ ।

प्रोटीन

प्रोटीनले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ । प्रोटीनको सेवन गर्दा लामो समयसम्म भोक लाग्दैन । प्रोटीनयुक्त खानेकुराहरु जस्तै चीज, मुङको दाल, पनीर, अन्डा र मिट नियमित सेवन गरौं ।

हरियो साग

अध्ययनहरुले पुष्टि गरेका छन् कि हरियो सागपातमा क्यालोरी कम हुन्छ । कम क्यालोरीले गर्दा यसको सेवनले मोटोपना बढ्दैन ।

हरियो सागमा भुरपुर फाइबर हुन्छ जसले गर्दा पाचन राम्रो हुन्छ । उदाहरणका लागि मुला, बन्दाकोभी आदि ।

तनाव घटाउने

तनावले हाम्रो शरीरमा धेरै प्रकारका समस्याहरु पैदा गर्छ । तनावका क्रममा निस्कने हार्मोन्सले शरीरको कर्टिसल लेभल बढाउँछ जसले गर्दा फ्याट जम्मा हुन्छ ।

कर्टिसल लेभल बढ्दा भोक पनि धेरै लाग्छ र पेटमा बोसो थुप्रिन्छ । त्यसैले हरेक दिन पर्याप्त निदाउनु र तनावमुक्त रहनु आवश्यक छ ।

प्रत्येक दिन १ स्याउ

स्याउ हाम्रो स्वास्थ्यका लागि एकदमै फाइदाजनक फल हो । प्रत्येक दिन एउटा स्याउको सेवन गर्दा डाक्टरबाट टाढा बस्न सकिन्छ । स्याउको बोक्रामा यूर्सोलिक एसिड पाइन्छ जसले पेटको बोसोलाई नियन्त्रण गर्छ ।

चिया पिउने

चिया जुनसुकै होस, यसले फ्याट कम गर्न मद्दत गर्छ । ग्रीन टी होस वा पिपरमिन्ट टी वा अनफर्मेन्टेड ह्वाइट टी, सबैले पेटको बोसो घटाउन सघाउँछन् ।

मनतातो पानी पिउने

हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउने गरौं । विहानै कागती पानी पिउनाले पेटको बासो कम हुन्छ । एक गिलास तातो पानीमा एउटा कागती निचोर्नुपर्छ र अलिकति नून मिलाएर पिउनुपर्छ । यसबाट चाडै मोटोपना घट्छ ।

काँक्रो

बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् । यो पेटका लागि धेरै लाभदायी छ । यो सेवनका कारण धेरै खाना खानबाट जोगिन सकिन्छ नै, यसले पेटको झाडुको काम पनि गर्छ । जसले गर्दा बिस्तारै बोसो कम हुन्छ ।

धनियाँको जुस

यसमा क्यालोरी निकै कम पाइनछ भने एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ । यसको प्रयोगबाट अरु कुनै समस्या आउँदैन । यसले किड्नी ठिक राख्न समेत सघाउँछ ।

एलोभेरा जुस

एलोभेरा जुस धेरै बिरामका लागि उपयोगी ठानिन्छ । दिनमा एक कप यसको जुस पिउँदा पेटको बोसो कम हुन्छ । यसले कोलेस्ट्रोलको समस्या पनि घटाउँछ ।

ग्रिन टी

ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ । पेटको बोसो घटाउन भने विना चिनीको ग्रिन टी पिउँदा फाइदा हुन्छ । यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न पनि सघाउँछ । त्यसैगरी कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा मिल्छ ।

अदुवाको रस

प्रतिदिन एक चम्चा अदुवाको रस पेट कम गर्नका लागि धेरै सहयोगी हुन सक्छ । यसले शरीरको बोसो समेत बर्न गर्न सघाउँछ ।

दालचीनी

यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचीनीको उपाय तपाईंको लागि फाइदाजनक हुनेछ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ ।

एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाउनुहोस् । यो पेयलाई दैनिक दुई पटक पिउँदा केही दिनमा नै असर देखिनेछ ।

ओमेगा थ्रीले भरपुर खानेकुरा

तोफु, पालुङ्गो, चिज, ओखर, अंडालगायतमा ओमेगा थ्री तत्व पाइन्छन् । यसले तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्दछ ।

केरा

यदि तपाईंलाई फास्ट फूड खाने लत लागेको छ तर खान छोड्न चाहनुहुन्छ भने आज देखि नै केरा खान सुरु गर्नुहोस् । केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ ।

यसले फास्ट फूडको लतलाई कम गर्दछ जसले तौल कम गर्न सहयोग गर्दछ ।

पुदीना

एक कप मनतातो पानीमा पुदीनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ । पेटको बोसो कम गर्न पुदीना यो उपाय निकै प्रभावकारी हुन्छ ।

कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात

दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।

खैरो चामलको भात खानुहोस्

यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्, त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् । (खैरो चामलको भात भने नेपालको सन्दर्भमा त्यति सम्भव नहोला)

पानी धेरै पिउनुहोस्

पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।

काँचो लसुन खानुहोस्

बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।

मांसाहारबाट टाढै रहनुहोस्

मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् ।

खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्

खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । दालचिनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

बदामको प्रयोग गर्नुहोस्

बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

मोटोपनबाट छुटकारा पाउन चाहनुहुन्छ ? यदि त्यसो हो भने यि कुराहरुलाई ध्यान दिनुहोस्

खाना नियमित खानुहोस् :

१। आफुले खाने खानाहरुको बारेमा टिपोट बनाएर फुड जर्नल बनाउनुहोस ।

२। यदी तपाई आफ्नो तौल छिटो घटाउन चाहनुहुन्छ भने दिनको कम्तिमा पनि १ घण्टा सामान्य शारिरिक अभ्यास गर्नुहोस् ।

दैनिक गरिने शारिरिक अभ्यासले तपाईलाई फिट र स्लिम बनाउँछ । छिटो तौल घटाउन गरिने एक्सरसाइजहरु निम्न छन्

कार्डियो र स्टेन्थ ट्रेनिङ :

कार्डियो एक्सरसाइजले तपाइलाई क्यालोरी जलाउन मद्धत गर्छ ।

दिनको एक घण्टा पसिना आउने गरि कार्डियो एक्सरसाइज गर्नाले तपाईलाई छिटो तौल घटाउन मद्धत पुग्छ ।

१। छिटो तौल घटाउन छ भने खानामा नुनको मात्रा कम, चिनी एकदमै कम र चिल्लो कम गरेर खाने ।

२। दुग्धजन्य पदार्थहरु कम खाने ।

३। ताजा फलफूल, अण्डाको सेतो भाग, सागसब्जीहरु, माछा र चिल्लो कम भएका खाना खाने ।

छिटो तौल घटाउने डाइट प्लान यसरी बनाउनुस् :

१। फलफूल र सागसब्जीहरु पेटभरी खानुहोस

२। दैनिक ८ देखि १० गिलास सम्म पानी पिउनुहोस्

३। एकै चोटी धेरै खाना खानुको सट्टा दिनभरमा ५–६ पटक थोरै थोरै खाना खानुहोस

४। तारेको खानेकुराहरु, भात, आलु, ब्रेडहरु, पास्ता लगाएतका खानेकुराहरु कम खानुहोस्

५। आफुलाई व्यस्त राख्नुहोस यसो गर्दा तपाइलाई बोर लाग्दैन र खान मन लाग्दैन

क्रयास डाइट :

तौल घटाउनलाई डाइटिङ गर्नु सामान्य भइसकेको छ । क्रयास डाइटमा थोरै खानामा पनि धेरै पोषण हुन्छ यो भोकै बस्नुभन्दा थोरै भिन्न छ र चाडो तौल घटाउन सहयोग गर्छ ।

तर, यो तरिकाले कहिलेकाँही उल्टो हानी गर्न पनि सक्छ किनभने तपाईले तौल घटाएपछि तपाइले डाइटिङ बन्द गरेपछि फेरी तौल बढ्न सक्छ ।