कालिकोट- जिल्लाको पलाता गाउँपालिकामा पहिलो पटट बृहत साँस्कृतिक महोत्सवसंगै स्वास्थ्य शिविर संचालन हुने भएको छ । मीरा स्मृती कव, स्वास्थ्य शिविर आगामी कार्तिक १३ देखि १८ गतेसम्म संचालन हुने भएको हो ।
स्थानीय लोक सास्कृतिकको पहिचान र स्वस्थ र सुन्दर पलता बनाउने उद्देश्यले महोत्सव र स्वास्थ्य शिविर संचालन गरिने आयोजकले बताएको छ । विहीवार सहिद स्मृती कला साहित्य प्रतिष्ठान, पलाता योङ्ग स्र्पोट क्लव र न्यू जेनेरेशन युवा क्लवले सयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलन महोत्सव र निशुल्क स्वास्थ्य शिविर बारे जानकारी गराइएको हो ।
पलाता क्षेत्रको पहिचानका लागि बृहत प्रथम पलाता सास्कृतिक महोत्सव संचालन गरिने आयोजकले बताएको छ । पलाता क्षेत्रको साँस्कृतिक विकास र पहिचानका लागि मिरा स्मृति कप, निःशुल्क स्वास्थ्य शिविर तथा प्रथम पलाता सास्कृतिक महोत्सव संचालन हुने प्रतिष्ठानका अध्यक्ष पुर्णसिँह बमले बताए ।
तत्कालीन युद्धको समयमा ज्यान गुमाएकी सहित पाँचा बम (मिरा) को सम्झनामा मिरा स्मृति कप, निशुल्क स्वास्थ्य शिविर तथा प्रथम पलाँता सास्कृतिक महोत्सव आयोजना गरिएको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बम (पलाती कान्छा) ले बताए । ‘सहिदको सम्झनामा मिरा स्मृति कप, महिला पुरुष भलिबल प्रतियोगिता, कुर्ची खेल हनेछ ।’ अध्यक्ष बमले भने, ‘बिभिन्न क्षेत्रका पाँच जना बिशेषज्ञ डाक्टरहरु बोलाएर निःशुल्क स्वास्थ्य शिविर तथा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागितामा पलाताकै ईतिहासमा पहिलो पटक बृहत साँस्कृतिक महोत्सव गर्न लागिए हो ।’ महोत्सवमा स्थानीय कृषि उत्पादन तथा कलात्मक सामाग्री समेत प्रर्दशन गरिने बताइएको छ ।