जनतामा निराशा फैलाउन स्वार्थी तत्वले षड्यन्त्र गरे : प्रधानमन्त्री

२८ माघ २०७५, सोमबार १३:४८

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैलाउन केही स्वार्थी तत्वले षड्यन्त्र गरिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला जनतालाई निराश बनाउन अनुचित र अनुपयुक्त प्रयास भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए ।

उनले नेपालमा वैदेशिक लगानी भित्र्न नदिन चैत्र दोस्रो साता आयोजना हुन गइरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भइरहेको दावी समेत गरे ।

सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्न सबैलाई आह्वान गरे । प्रधानमन्त्री ओलीले केही दिनअघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका गतिविधि भएको उल्लेख गर्दै सैहृय नहुने चेतावनी दिए ।

‘केही दिनअघि मात्रै अरुण तेस्रो जलविद्युत् परियोजनाको कार्यालय र निर्माणमा प्रयो गरिएका मेसिनमा आक्रमण भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यहाँ एउटा आयोजनाको मेसिन र कार्यालय तोडफोड गरिएको मात्रै होइन, नेपालको विकासलाई रोक्ने खेल पनि भएको हो ।’ मुलुकमा विद्युतिकरण हुन नदिन त्यस्ता खालको गतिविधि भइरहेको उनको भनाइ छ ।

Next Post

प्रधानमन्त्री रोजगार कार्यक्रम : कहिलेदेखि पाउँछन् बेरोजगारले रोजगारी ?

२८ माघ २०७५, सोमबार १३:४८
काठमाडौं-सरकारले फागुन १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गर्दैछ । राष्ट्रिय सभागृहमा बुधबार भव्य कार्यक्रमको आयोजना गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्दैछ । देशभित्रै रोजगारीको ग्यारेण्टी गर्नेदेखि बेरोजगार युवाहरुलाई भत्ता दिनेसमेतको व्यवस्था भएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई लिएर यतिबेला धेरै चर्चा–परिचर्चा चलिरहेको छ । तर […]