अखण्ड नेपाल पार्टीका उपाध्यक्ष पुष्पा भण्डारी एमालेमा प्रवेश

१९ माघ २०७३, बुधबार १४:४१

काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओली ठट्टा गर्न खप्पिस मानिन्छन्। बुधबार दिउँसो अखण्ड नेपाल पार्टीका उपाध्यक्ष पुष्पा भण्डारीलाई पार्टी प्रवेश गराउने कार्यक्रममा उनले त्यस्तै रमाइलो मन्तव्य दिए।
‘नेपाललाई अखण्ड राख्न भन्दै पार्टी खोलियो। अध्यक्ष चाहिँ बुरुक्क उफ्रेर खण्डे प्रस्तावलाई समर्थन गर्दै खण्डे लाइनमा पुग्नुभयो’,उनले भने, ‘अखण्ड पार्टीको टाउकै उछिट्टिएर खण्डको लाइनतिर गएपछि उहाँ एमालेमा अाउनुभयो।’
‘नेपाललाई अखण्ड राख्न भन्दै पार्टी खोलियो। अध्यक्ष चाहिँ बुरुक्क उफ्रेर खण्डे प्रस्तावलाई समर्थन गर्दै खण्डे लाइनमा पुग्नुभयो’,उनले भने, ‘अखण्ड पार्टीको टाउकै उछिट्टिएर खण्डको लाइनतिर गएपछि उहाँ एमालेमा अाउनुभयो।’

सो पार्टीका अध्यक्ष कुमार खड्का दाहाल सरकारमा सहभागी हुन गएकोप्रति ओलीको व्यंग्य गरे, ‘अध्यक्षज्यू तपाइँ अन्त कता पो देखिनु भो। लाइन मिलेन कि क्या हो?’

अध्यक्ष ओलीले सबै जाँचबुझ गरेर उपाध्यक्ष भण्डारी एमाले प्रवेश गरेको उल्लेख गरे। ‘पढाइलेखाई छैन त्यसैले जथाभावी निर्णय गरेका छन् भन्नुहोला उहाँ (पुष्पा) दुई दुई विषयमा मास्टर्स गर्नुभएको छ। पिएचडी पनि गर्दै हुनुहुन्छ’, उनले भने। नागरिक न्युजबाट

Next Post

पुष्पकमल दाहाल र शेरबहादुर देउवा कसको भरिया बन्नुभएको छ ?

१९ माघ २०७३, बुधबार १४:४१
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलसँग संवाद गर्न एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा पुग्दा आफ्नो कार्यकक्षमा व्यस्त थिए । त्यही व्यस्तताकै बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव, संविधान कार्यान्वयनमा देखिएको ढिलासुस्ती, संविधान कार्यान्वयनका लागि एमालेले चाल्ने कदमजस्ता विषयमा महासचिव पोखरेलसँग करिब ३५ मिनेट कुराकानी भयो । पहिलो […]