सामाजिक सदभाव विथोल्ने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली

१५ पुष २०७५, आईतवार १७:५१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकताको आवश्यक्तामा जोड दिएका छन् । प्रधानमन्त्री ओलीले मुलुकमा सामाजिक सदभाव विथोल्ने प्रयास फेरि पनि भइरहेको उल्लेख गर्दै त्यसलाई परास्त गरेर अघि बढन पनि सबै समुदायलाई आह्वान गरे ।

प्रधानमन्त्री ओलीले सरकारले पछि परेका जनतालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउन आवश्यक प्रबन्ध गरेको दावी पनि गरे ।

आईतबार गुरुङ समूदायको ल्होसार पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति लिएको पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले संघीयता, धर्म निरपेक्षता, गणतन्त्रबाट कोही पनि पछि हटन नसक्ने पनि स्पष्ट पारे ।

सबै जाति र समूदायको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढनुको विकल्प नरहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले नेपाल भूगोलले सानो भएपनि कला, भाषा र संस्कृतिको दृष्टिले विश्वमै सम्पन्न मुलुक भएको उल्लेख गर्दै सबै भाषा, कला र संस्कृतिको विकास गरेर अघि बढन सरकार प्रतिबद्ध रहेको पनि बताए । कार्यक्रममा गुरुङ समूदायको भाषा, कला र संस्कृति झल्कने खालका सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।

Next Post

मदन भण्डारी फाउन्डेसनद्धारा अग्नी पीडित लाई राहत

१५ पुष २०७५, आईतवार १७:५१
कालिकोट– मदन भण्डारी फाउन्डेसन काठमाण्डौँले अग्नी पीडितका लागि राहत हस्तान्त्रण गरेको छ । पलाँता गाउँपालिका १ खाँडामा भएको भिषण आगलागीबाट पीडित परिवारलाई फाउन्डेशनले राहत हस्तान्त्रण गरेको हो । पुसको कठाङ्गग्रीदो चिसोमा खाँडावासीका ८७ घर जलेर नष्ट भएपछि फाउण्डेसनले राहत संकलन गरेर हस्तान्त्रण गरेको हो । आगलागीबाट पीडित ८७ घर परिवारलाई […]