निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा

२३ मंसिर २०७५, आईतवार १५:०५

काठमाडौं- नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजीनामा माग गरेको छ। आइतबार राजधानीमा नेपाल महिला संघले पत्रकार सम्मेलन गरेर निर्मलाको हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको दाबी गर्दै गृहमन्त्री थापाको राजीनामा माग गरेको हो।

कार्यक्रममा संघकी महासचिव तथा राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका वास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको आरोप लगाएकी छिन्।

सांसद खतिवडाले भनिन्,‘गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले उन्मुक्ति दिन खोज्दैछ, पटक–पटक नक्कली अभियुक्त खडा गरेर सरकार असली हत्यारालाई जोगाउन लागेको छ, यस्तो घृणित र खेदजनक कार्यप्रति नेपाल महिला संघ घोर भर्त्सना गर्दछ।’

निर्मला पन्तको हत्या सामान्य खानदानको मानिसले नगरेको उनको दाबी छ। खतिवडाले भनिन्,‘निर्मलाको हत्या सामान्य खानदानको मान्छेले गरेको होइन भन्ने कुरा आम नागरिकले महशुस गरिसकेका छन्, अहिले खडा गरिएका अभियुक्तका बयान र निर्मला पन्तको पोष्टमार्टम रिपोर्टले फरक सत्य बताएको छ, यस्तो नाटक गरेर जनता र गरिबहरूमाथि दुई तिहाइ नेकपाको सरकारले खेलबाड गरिहेको छ, के यसरी समृद्ध र सुखी नेपाली बन्छ? म सोध्न चाहन्छु यस्तो विषम परिस्थितिमा पनि गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन्? साथ संघले सरकार विवादित एसियन प्यासिफिक समिटमा भाग लिएकोप्रति पनि आपत्ति जनाएको छ।

Next Post

बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया शुरु, १ लाख ६ हजार कर्मचारीको विवरण सार्वजनिक गरिदै

२३ मंसिर २०७५, आईतवार १५:०५
काठमाडौं –  मुलुकमा संघीयता लागु भएको ३ बर्ष पछि बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया शुरु भएको छ । सरकारले स्वीकृत गरि पठाएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरे सँगै कर्मचारी समायोजन प्रक्रिया शुरु भएको हो । राष्ट्रपतिले सो अध्यादेश आइबतार प्रमाणीकरण गर्नुभएको हो । अध्यादेश लागु भए सँगै […]