नगरपालिकाको गाडीमा छोराको मस्ती

२७ कार्तिक २०७५, मंगलवार १८:२०

कालिकोट – जिल्लाको रास्कोट नगरपालिका मेयर कासीचन्द्र बरालले सरकारी गाडीको दुरुपयोग गरेका छन्। नगरपालिकाको गाडी छोरालाई सिकारुकोरुपमा प्रयोग गर्न दिँदै मेयर बरालले सरकारी गाडकिो दुरुपयोग गरेका हुन्। दसैँ–तिहारको लामो विदामा नगर प्रमुख बरालले सुर्खेत-नेपालगंज तिर छोरालाई गाडी सिकाउन लिएका हुन्।

नियम र कानुन विपरित सरकारी गाडी छोरालाई सिक्न दिएको भन्दै नगरवासी आक्रोसित बनेका छन्। नगर प्रमुख बरालका छोरा दिनेश बरालले वुवाको गाडी भन्दै ढुक्कका साथ प्रयोग गर्दै आएका छन्। नेपालगंजको बेस्त सडकमा नगरपालिकाको गाडी मेयरका छोराले हाँकेको देख्दा स्थानीय चकित बनेका थिए।

गाडीमा बसेका एक जनाले त छोरालाई नै चालक बनाएका हुन की सोचेका रहेछन्। बुझ्दै जाँदा गाडी छोरालाई सिकाउन प्रयोग भएको रहेछ। मेयरका छोराले सरकारी नम्बर प्लेट भएको गाडी गुडाउदै गरेको फोटो र भिडियो समेत सार्वजनिक भएको छ।

नेपागंजतिरको यात्रागर्दै नगर प्रमुखका छोरा दिनेशले फेसवुकमै तस्बिर र भिडियो पोष्ट गरेका छन्। सरकारी गाडी दुरुपयोग मात्र होइन स्रोतकाअनुसार नगर प्रमुखले कार्यालयको फोहोर हाल्ने डस्टविनदेखि ठुला अन्य आवश्यक सामग्री आफै खरिद गर्ने गरेका छन्।

नगरपालिकामा सार्वजनिक सुनुवाई समेत अहिलेसम्म नगरेको स्थानीयको गुनासो छ। सडक, भवन, खानेपानी लगायतका विकासका पूर्वाधारमा सुस्त गति देखिन्छ। नगर प्रमुखको घर वास्तविक रास्कोटको फुकोटमा भएपनि विदाको समयमा उनी सुर्खेतको घरमा बस्ने गरेका छन्। उनले नगरपालिकाको गाडी लिएर सुर्खेतमै दसैँ–तिहार मनाएका हुन्। वास्तविक गाडी चालक अम्मल फर्शाल भएपनि छोराको साथमा तिहारको मौका पारेर उनले सुर्खेत र नेपालगंजतिर छोरालाई गाडी सिकाएका हुन्। उता नगर प्रमुख बरालले भने छोरा दिनेशले गाडी नचलाएको दावि गरेका छन्।

Next Post

2075-07-28

२७ कार्तिक २०७५, मंगलवार १८:२०
[3d-flip-book id=”3258″ mode=”fullscreen” title=”false” template=”short-white-book-view” urlparam=”fb3d-page”]

You May Like