विवाद मिलाउन बसेको नेकपा सचिवालय बैठक निष्कर्षविहीन

२२ आश्विन २०७५, सोमबार १४:१६

काठमाडौँ–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार बिहान बसेको बैठक २४ गते बुधबार बिहान ८ बजे बस्ने गरी सकिएको नेता वामदेव गौतमले जानकारी दिए ।

आज बसेको बैठकले पार्टीमा देखिएका पछिल्ला असन्तुष्टि, स्थायी कमिटीको बैठक बोलाउने लगायतका सम्बन्धमा निर्णय लिइने अपेक्षा गरिएपनि  त्यसबारे कुनै छलफल नै नभई बैठक स्थगित भएको हो ।

आजको बैठकमा पार्टीभित्र देखिएको असन्तुष्टि, सरकारको समीक्षा, प्रधानमन्त्रीको विदेश भ्रमणको ब्रिफिङ र स्थायी कमिटी बैठकको मिति तय गर्ने एजेण्डा थियो ।  झण्डै तीन घण्टा चलेको बैठकमाद्धय अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विदेश भ्रमणका विषयमा जानकारी गराएका थिए ।

त्यस्तै यसअघि बसेको सचिवालय बैठकले प्रदेश पदाधिकारी चयनको विषयलाई लिएर ओली र प्रचण्डले ब्रिफिङ गरेका थिए । असोज ५ गतेको निर्णयलाई लिएर असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता नेपाल र अर्का सदस्य नारायणकाजी श्रेष्ठले आफ्ना असन्तुष्टि बैठकमा राखेको सचिवालयका एक नेताले  बताए ।

Next Post

2075-06-17

२२ आश्विन २०७५, सोमबार १४:१६