फेक ब्रेकिङ न्युजको विषय संसदमा उठ्यो

१७ माघ २०७३, सोमबार १२:३६

काठमाडौं— अनलाइन र सामाजिक सञ्जालबाट हुने ‘फेक’ समाचारको विषय पेचिलो बन्दै गएको बेला यो विषयबारे सोमबार संसदमा बहस भएको छ।
‘आजभोलि सञ्चार माध्यममा ब्रेकिङ न्युजको नाउँमा तथ्यहीन, सत्यदेखि टाढा, हतारको समाचार पस्केर भ्रम सिर्जना गर्ने प्रवृत्तिले ठाउँ पाउन थालेको छ। यसबाट टिआरपी बढ्ला तर के के यसरी देश बन्ला?’, उनले भनिन्।
संसदको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद मधु शाही ठकुरीले ब्रेकिङ समाचारको नाउँमा भइरहेको फेक समाचार सम्प्रेषणको प्रवृत्ति रोक्न कानुन बनाउनु पर्ने बताइन्।

विद्युतीय मिडियालाई जिम्मेवार बनाउनुपर्ने औंल्याउँदै उनले त्यसका लागि सञ्चार जगत् र राज्यले मिलेर काम गर्नुपर्ने उल्लेख गरिन्। ‘आजभोलि सञ्चार माध्यममा ब्रेकिङ न्युजको नाउँमा तथ्यहीन, सत्यदेखि टाढा, हतारको समाचार पस्केर भ्रम सिर्जना गर्ने प्रवृत्तिले ठाउँ पाउन थालेको छ। यसबाट टिआरपी बढ्ला तर के के यसरी देश बन्ला?’, उनले भनिन्।

सञ्चार जगतमा देखिएको विकृति रोक्नुपर्ने उनको माग थियो। ‘जबसम्म यो गलत तत्वलाई हावी हुन नदिन कानुनको घेरा बनाइँदैन र दण्ड सजायको भागिरदार बनाइँदैन तबसम्म सञ्चार क्षेत्र आफैँले बनाएको फेक ब्रेकिङ न्युजको कुहिरोमा धुमिल हुन पुग्नेछ।’
सञ्चार जगतले चौथो अंगको मान्यता पाएको भन्दै उनले सञ्चार क्षेत्र आफैँले आफ्नो भूमिकाको गाम्भीर्यतालाई बेवास्ता गरेको उनले बताइन्। नागरिक न्यूजबाट

Next Post

सुनसरीमा प्रहरी र अपराधिक गिरोहबीच गोली हानाहान, तीन घाइते

१७ माघ २०७३, सोमबार १२:३६
इटहरी- सुनसरीको इटहरी वडा नं. १४ खनारमा सोमबार दिउँसो प्रहरी र आपराधिक गिरोहमा संलग्न व्यक्तिबीच गोली हानाहान भएको छ। सुनसरी–मोरङ सिचाई आयोजनाको नहरको बाटोमा प्रहरीको गोली लागेर आपराधिक गिरोहमा संलग्न तीन जना घाइते भएका छन्। प्रहरीको गोली लागेर मोरङ नोचा वडा नं. ३ का २७ बर्षीय सतन पासवान, टंकिसिनुवारीका २९ […]