कानुनमन्त्री तामाङले राजीनामा दिने

८ श्रावण २०७५, मंगलवार १२:३८

काठमाडौं – बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तामाङलाई राजीनामा दिन निर्देशन दिएसँगै उनले दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिने स्रोतले बतायो।

स्राेतका अनुसार उनले आफ्नो अभिव्यक्तिप्रति माफि मागिसकेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपाका शिर्ष नेताहरुले तामाङलाई बोलाएर छलफल गरी राजीनामाका लागि दवाव दिएका थिए।

मन्त्री तामाङ बंगलादेशमा डाक्टरको सर्टिफिकेट लिन छात्राहरुले आफुलाई कही न कही बेच्नै पर्ने बताएपछि विवादित बनेका थिए।  उनको यस अभिव्यक्तिको सामाजिक सञ्जाल लगाएतमा व्यापक विरोध भएको थियो।

Next Post

साउन १६ गते बस्ने गरी अाजकाे राष्ट्रिय सभा बैठक स्थगित

८ श्रावण २०७५, मंगलवार १२:३८
काठमाडाैं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण आजको राष्ट्रिय सभा बैठक स्थगित भएको छ। बैठक सुरु हुनासाथ काङ्ग्रेसका सांसदहरूले उभिएर विरोध जनाएका थिए। काङ्ग्रेसको अवरोधकाबीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सत्तारुढ सांसदलाई बोल्न दिएपनि त्यो सम्भव हुन सकेन। सभाध्यक्षले बारम्बार अाग्रह गर्दा पनि कांग्रेसले अवरोध जारी राखेकाले बैठक […]