नेकपा एमालेले तीन एजेण्डामाथि छलफल गर्न बोलायो बैठक

मिसनन्यूज संवाददाता १६ श्रावण २०७८, शनिबार ०९:५६

काठमाडौं – नेकपा एमाले स्थायी कमिटी बैठक बोलाएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषय छलफलका एजेन्डा रहेको छन् । असार १९ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णय भएका उक्त विषयमाथि आज छलफल हुन लागेको हो ।

केन्द्रीय कमिटी बैठकले विभागको पूर्णता दिने र साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसका लागि महाधिवेशनका लागि अध्यक्ष केपी ओलीलाई राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई साङ्गठानिक, उपमहासचिव विष्णु पौडेललाई विधान र नेता रामबहादुर थापा बादललाई व्यवस्थापनको जिम्मेवारीमा दिइएको छ । यस्तै एमालेले पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने निर्णय गरेको थियो । योबीचमा वरिष्ठ नेता माधव नेपाल पक्षसँग सहमतिको प्रयास हुँदा उक्त काम प्रभावित भएको थियो । आजको बैठकबाट असार १९ गतेको केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन लैजाने तामाङको भनाइ छ ।

यस्तै शुक्रबार पार्टी कार्यालयमा आयोजित खीर खाने कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका थिए । पोखरेलका अनुसार शनिबारको बैठकले नेपाल समूहसँग वारपारको नीति लिने तयारीमा छ ।  ‘अब  धेरै  प्रतीक्षा  गर्नु  उचित हुँदैन  भन्ने  मेरो  बुझाइ  छ,”  शनिबार बस्ने  स्थायी कमिटीको बैठकबाट वारपार हुन्,’ पोखरेलको भनाइ थियो ।शनिबारको बैठकमा नेपाल पक्षको सहभागिताका लागि ओली पक्षीय नेताहरुले नेपालसँग भेटवार्ता गरेका थिए । तर आजको बैठकमा पनि नेपाल पक्ष सहभागी हुने परिस्थिति बनिसकेको छैन । अध्यक्ष ओलीले एकताको प्रयासमा रहेका आफू पक्षीय नेताहरुलाई शनिबारसम्म वारपार गर्ने निर्देशन दिएका थिए । सोही एमाले नेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेलले नेता नेपालसँग छुट्टाछुट्टै संवाद गरेका थिए ।

Next Post

एमालेमा अब अध्यक्षमा शक्ति केन्द्रित, संघीयतालाई आत्मसात

१६ श्रावण २०७८, शनिबार ०९:५६
काठमाडौं – सर्वोच्च अदालतले ‘नेकपा’ एकता बदर गर्दै पुर्नस्थापित गरिदिएको एमालेलाई नेताहरु ‘नयाँ एमाले’ भन्ने गर्छन् । माओवादी केन्द्रबाट रामबहादुर थापा बादल लगायतका नेताहरुको समूह पार्टीमा मिसिएकाले यसलाई ‘नयाँ एमाले’ का रुपमा बुझ्नुपर्ने तर्क अध्यक्ष केपी शर्मा ओलीले समेत दिने गरेका छन्। अब उनीहरुले भन्ने गरेको नयाँ एमालेले विधान संसोधनमार्फत […]

You May Like