रास्कोटमा एमालेको जित हुन्छ : शाही

२१ चैत्र २०७३, सोमबार १३:३८

कालिकाेट : नेकपा एमाले कालिकोटका नेता विमल शाहीले जिल्लाको रास्कोट नगरपालिकामा एमालेको जित निश्ति हुने दावी गरेका छन् । आगामी वैशाख ३१ मा हुने स्थानीय तहको चुनावमा जित हुने दावी गरेका हुन् । उनले भने, ‘रास्कोटलाई समृद्ध बनाउने काम हाम्रो पार्टीले गरेको छ ।

एमालेले विकासका रंगीन नारा मात्र लगाउँदैन् । व्यबहारमा परिणाम देखाउँदै आएको छ ।’ रास्कोटको विकासका लागि पुलपुलेसा,खानेपानी,सडक संजाल, विद्युत, पर्यटनलगायका विकासका पुर्वाधारमा निकै मेहनत गरेको नेता शाहीले बताए । उनले भने, ‘शैक्षिक सुधार र शिक्षा क्षेत्रको संरचना निर्माण पार्टीकै पहलमा निरन्तर परिणाममुखी काम गर्दै आएका छौं ।

अन्य पार्टीले स्थानीय चुनाव नजिकिदै गर्दा विकास गर्छाै भन्ने नारा दिएका भए पनि हाम्रौ पार्टीले पहलमा सडकदेखि हरेक विकासमा आवाज उठाउदै आएको छ ।’ मिसन ईन्युजसंग उनले भने, ‘तत्कालीन मनमोहनको सरकारको आफ्नो गाउँ आफै बनाऔं, सामाजिक सुरक्षा भत्ता दिने लोकपृय कार्यक्रमले निरन्तरता पाएको छ ।

केपी ओली सरकारको पालामा प्रभावकारी निति तथा कार्यक्रमको सकराम्क प्रभावले जनतामा उत्साह छाएको छ ।’ २०६३ सालको वैशाखमा आफ्नै नेतृत्वमा कर्णाली करिडोर संघर्स समिति गठन गरी सडक विकासका लागि सम्वन्धित निकायलाई दवाफ दिने काम गरेका काराण आज सडक निर्माणमा भुमीका रहेको नेता शाहीले बताए । शाहीले भने, ‘रास्कोटमा संचालन भईरहेको ग्रामिण पहुँच कार्यक्रम (र्याप थ्रि) लागु गर्ने सवालमा एमालले कै पहलमा भएको हो ।’

जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका पार्टी गाउँ—गाउँमा चुनावी प्रचारप्रसारमा व्यस्त छन् । तिन वटै पार्टीले आ—आफ्नो पक्षमा बाजी मार्नै दावी गरेका छन् । जिल्लामा तिन नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् ।

Next Post

यस्तो छ स्थानीय निकायको पुरानो र अहिलेको मतपत्रमा फरक

२१ चैत्र २०७३, सोमबार १३:३८
काठमाडौं । स्थानीय तह निर्वाचनमा लागि निर्वाचन आयोगले मतपत्र छपाइको काम धमाधम गरिरहेको छ । स्थानीय तह निर्वाचनसम्बन्धी ऐनअनुसार संसदमा प्रतिनिधित्व गरेका २७ दलले देशभर एउटै चिन्ह पाउँछन् । अन्य दलले भने स्वतन्त्र दलका रूपमा व्यक्तिगत निर्वाचन चिन्ह प्राप्त गर्नेछन् । काठमाडौंमा ४७ दल दर्ता भएका छन् । त्यसमध्ये संसदमा […]