लागू औषध रहित समाज निर्माणमा सरकार प्रतिवद्ध छ : गृहमन्त्री थापा

१२ असार २०७५, मंगलवार १२:२४

काठमाडौं – लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुनको अवसरमा गृह मन्त्रालयले एक कार्यक्रमको आयोजना गरेको छ। ‘स्वास्थ, सवल र समृद्ध नेपालको प्रतिवद्धता : लागू औषध अपराध विरुद्धको ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले लागू औषध रहित समाज निर्माणमा सरकार प्रतिवद्ध रहेको बताए।

देशको मेरुदण्डको रुपमा रहेका युवा कुलतमा फस्नु दुभाग्यपूर्ण रहेको बताउँदै गृहमन्त्री थापाले युवाहरुलाई उत्पादन मुलक क्षेत्रमा आफ्नो समय खर्चिन आग्रह गरे। लागू पदार्थको सञ्चिति, ओसारपसार, सेवन, बेचविखन लगायतका क्रियाकताप गैर कानुनी हुन्’ थापाले भने, ‘यस्तो क्रियाकलापमा संलग्नलाई कडा कारवाही त हुन्छ नै। यसले स्वयम् प्रयोगकर्ताको स्वास्थ्यमा असर पार्नुका साथै देशको सामाजिक र आर्थिक अवस्था पनि कम्जोर बनाउँछ।’

उनले लागूपर्दाथ प्रयोग कर्तालाई पुनस्थापन गरी आयआर्जनका क्षेत्रमा लगाउन पनि आग्रह गरे। यसका लागि सबै भन्दा ठुलो भूमिका परिवार स्वयम्को हुनुपर्ने गृहमन्त्री थापाले बताए।Nagarik news

Next Post

नेपाल वायु सेवा निगमको पहिलो वाइडबडी जहाज काठमाडौंमा अवतरण

१२ असार २०७५, मंगलवार १२:२४
काठमाडौं – राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमको पहिलो वाइडबडी जहाज काठमाडौ आइपुगेको छ । यूरोपेली जहाज निर्माता कम्पनी एयरवसले निमार्ण गरेको उक्त जहाज बिहीबार बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो। २७४ सिट क्षमताको यो जहाजलाई निगमले अन्नपूर्ण नामाकरण गरेको छ भने  नेपाल नागरिक उड्यान प्राधिकरणले […]