काठमाडौँ – लिपुलक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले नयां नक्सा औपचारिकरुपमा सार्वजनिक गरेो छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।
यसअघि सोमबारको मन्त्रिपरिषद्को बैठले नयां नक्सालाई पारित गरेको थियो । नयाँ नक्साअनुसार अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ ।
नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको मन्त्रालयले बताएको छ ।
मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने बताएका थिए ।
मन्त्रिपरिषद्बाट नयां नक्सा पारित भएसंगै भारतमा यसले खुब चर्चा पाएको छ भने नेपालमा राम्रो कामका लागि सरकारलाई धन्यवाद दिदैं खुशियाली बाँडिदैछ ।