निर्वाचन हुन्छ, हुन्छ, हुन्छ : प्रधानमन्त्री देउवा

२८ आश्विन २०७४, शनिबार १६:३७

काठमाडौं । निर्वाचन आयुक्त र प्रमुख राजनीतिक दलहरुवीच निर्वाचन समयमै सम्पन्न गर्नेबारे छलफल भएको छ ।

निर्वाचन आयोगको कार्यालयमा भएको छलफलपछि बाहिरिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । देउवाले भने,‘निर्वाचन हुन्छ, हुन्छ, हुन्छ।’

आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा लागेका छन् । यद्यपी पूूर्व तालिका अनुसार दलहरुले सूची बुझाउन अलमल गरेपछि समानुपातिकतर्फको सूची बुझाउने मिति नै सार्न दलहरुले आयोगसँग छलफल गरिरहेको बुझिएको छ ।

 

Next Post

माओवादी केन्द्र कार्तिक ५ गते सरकारबाट बाहिरिने

२८ आश्विन २०७४, शनिबार १६:३७
काठमाण्डौं– बिना बिभागीय मन्त्री महेन्द्रबहादुर शाहीले यही कार्तिक ५ गते सरकारबाट बाहिरिने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले आफूहरुलाई सरकारमै बसिरहने कुनै चाहना नरहेको स्पष्ट पारेका हुन् । उनले भने, ‘हामी चुनावको सुनिश्चितताको लागि मात्रै सरकारमै बसेका हौं, होइन भने हामीलाई विनाविभागीय […]