४८ घण्टाभित्र धुम्बाराही आइपुग्न मुख्यमन्त्रीसहित पाँच जनालाई कडा निर्देशन

२७ आश्विन २०७७, मंगलवार १८:२५

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित कर्णाली प्रदेशका पाँच नेतालाई ४८ घण्टाभित्र काठमाडौं आइपुग्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा  भएको छलफलपछि दुई अध्यक्षले प्रदेशमा चरम बिवाद गर्ने दुवै पक्षलाई ४८ घण्टा अर्थात असोज २९ गतेभित्र काठमाडौं आउन निर्देशन दिनुएका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीबिरुद्ध संसदीय दलमा अबिश्वासको प्रस्ताव दर्ता भएपछि अघि बढेको बिवाद कायम राख्दा कर्णालीमा नेकपा नै समाप्त हुने निश्कर्षसहित अध्यक्षद्वय ओली र प्रचण्डले पाँच नेतालाई काठमाडौं बाेलाएका हुन्।

यसरी ४८ घण्टाभित्र काठमाडौं बोलाइएका नेताहरुमा मुख्यमन्त्री शाहीसहित अबिश्वास प्रस्ताव दर्ता गराउने मुख्य अभियानकर्ता नेकपा कर्णालीका सहइञ्चार्ज यमलाल कँडेल, आर्थिक मामिला मन्त्री तथा सहइञ्चार्ज प्रकाश ज्वाला, प्रमुख सचेतक गुवालजंग शाह र चन्द्रबहादुर शाही रहेका छन् । पाँचै जना नेतालाई २९ गते केन्द्रीय कार्यालय धुम्बाराहीमा आउन भनिएको छ ।

Next Post

कार्यकारी बागडोरमाथि हमला किन ?

२७ आश्विन २०७७, मंगलवार १८:२५
पवित्रकुमार शाही- हाम्रो देशको संविधानले राष्ट्रको प्रमुख कार्यकारीको बागडोर प्रधानमन्त्रीको काँधमा सुम्पिएको छ । देशको प्रधानमन्त्रीलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीले आमनागरिकको विचमा दिलाएको विश्वास र बाचा पुरा गर्नु पनि कर्तव्य हो । नागरिकको सामु गरेका प्रतिबद्धता पूरा गर्न कछुवा गतिले सम्भव हुँदैन । नेकपाभित्रको गन्जागोल अवसरबादी […]

You May Like