सेना परिचानल गरेर चुनाव हुनु पर्छ : महासचिव शाही

१७ चैत्र २०७३, बिहीबार १३:३४

कालिकाेट : नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले आगामी वैशाख ३१ गते हुने स्थानीय चुनाव कुनै पनि हालत रोक्न नहुने बताए । उनले भने, ‘दुई दशकपछि जनताको चाहाना पुरा गर्न स्थानीय चुनाव अनिवार्य छ । सुरक्षाको अभावमा चनुवा स्थिगीत हुने अवस्थामा नेपाली सेना परिचालन गरेर भए पनि चनुाव हनु पछ ।’ नेपाल तरुण दल कालिकोटले मंगलबार सदरमुकाम मान्ममा आयोजना गरेको कार्यक्रममा सम्वोधन गर्दै महासचिव शाहीले सो कुरा बताएका हुन् ।
स्थानीय तहको निर्वाचन घोषणासंगै जिल्लामा चुनावी सरगर्मी निकै बढेको छ ।

प्रदेश नम्बर ६ को कालिकोटमा नेपाल तरूण दलले शक्ति समेत प्रदर्शन गरेको थियो । नेपाल तरूण दलका महासचिव शाहीको सहभागीतामा तरूणहरूको विशाल सभासंगै उत्साह जनक प्रर्दशन भयो । नेपाल तरूण दल लेखेका टिर्सट र टोपी लगाएका सयौं युवाहरू सदरमुकाम मान्ममा भरिएका छन् ।

महासचिव शाहीको नेतृत्वमा विगत एक वर्षदेखि सुरू गरिएको सुन्दर कालिकोट समृद् कालिकोट अभियानलाई निरन्तरता दिन तरूणहरूको प्रर्दशन गरिएको जनाइएको छ । मंगलबार नेपाली काँग्रेसको भातृ संगठन तरुण दलसंगै अन्य पार्टीका नेता कार्यकर्ताहरूले पनि सयुक्तरूपमा मान्ममा शक्ति प्रर्दशन गरेका छन् ।

स्थानीय जिरो पोइन्टबाट शुरु भएको बाजागाजासहितको बजार परिक्रमासंगै खुलामंचमा कार्यक्रमको आयोजना गरेको छ । तरूण दलले मान्म बजार परिक्रमा गरेको नेपाल तरुण दल कालिकोटका उपाध्क्ष राजकुमार हमालले जानकारी दिए । उनका अनुसार तरूण दलको यो अभियान मंगलबार देशभरी नै आयोजना गरिएको थियो ।

Next Post

मधेसी जनअधिकार फोरम सरकारबाट फिर्ता

१७ चैत्र २०७३, बिहीबार १३:३४
काठमाडौं- मधेसी जानअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। पार्टी कार्यालयमा दुई दिनसम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले ‘थरुहट मधेसको मुद्दा सम्बोधन गर्न नसक्ने सरकारलाई समर्थन गरिरहन उपयुक्त नहुने’ निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।’थारुहट मधेसका मुद्दा सम्बोधन गर्नका निम्ति हामीले ओली सरकारलाई […]