‘उपगुट खोलेर ससुरा बा हराउने गगनको अर्थहिन आरोप’

९ चैत्र २०७४, शुक्रबार १५:१२

कालिकोट-नेपाली कांग्रेस कालिकोटका सहसचिव दमन शाहीले कांग्रेस नेता गगन थापाको हर्कत पार्टी विपरित भएको टिप्पणी गरेका छन् । पार्टीको महाधिवेशनमा आफ्नै ससुराको विरुद्धमा महामन्त्री लडेर हराउने थापा गलत तरिकाले प्रस्तुत भएको शाहीको आरोप छ । नेता शाहीले भने, ‘ नेपाली कांग्रेसको हार बाम गठबन्दनका कारणले भएको अवगत हुँदाहुँदै पार्टी नेतृत्वले हराएको भनेर मिडियामा गलत प्रचार भएको छ ।’ जिम्मेवार नेताले सिमा मिचेर पार्टी नेतृत्वलाई आरोप लगाउनु राम्रो नभएको नेता शाहीको तर्क छ ।

पार्टीको १३ औं महाधिवेशनमा दुई गुट हुँदाहुँदै गुटको कमि भयो भनेर थापाले उपगुटको दोकान थापेको शाहीको भनाई छ । उपगुट बनाउनेले पार्टी सभापति शेरबहादुर देउवाको विरुद्धमा बोल्नु सान्दर्भिक नभएको उनले बताए । तत्कालीन कांग्रेस र माओवादी नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री हुँदा व्यक्तिबादी चरित्र हावीभई आसेपासेलाई प्रयोग गरी आफ्नो पक्षमा मिडियाबाजी गरेको बताए ।

                                                              गगनलाई दमनको गर्जन

दिनप्रतिदिन मिडियावाजी गर्ने थापा यूरोपीयन यूनियले नेपाली ‘खस आर्य’ को विरोध गरिरहेका वेला सुनसान देखिएको कांग्रेस नेता दमन शाहीले बताए । गगन थापाले प्रयोग गर्ने हरेक मंचमा हिन्दुहरुको प्रसंसा कुनै दिन पनि नगरेको उनको आरोप छ ।  जिल्ला सहसचिवले गगन थापाको किन आलोचना गर्नु भएको हो ? भन्ने प्रश्नमा नेता शाहीले भने, ‘पार्टी र जनताको पक्षमा बोल्दा ठुला पद भएकाले मात्रै बोल्ने र आलोचना गर्ने भन्ने होइन् । मिडियाले साना पदको पनि सम्मान गर्नु पर्दछ ।’ गगन थापालाई २०५७ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित गर्न मतदान समेत गरेको शाहीले बताए । तर, स्वास्थ्यमन्त्री हुँदा उपगुट विस्तार गर्न निकै सकृय रहेको नेता शाहीले आरोप लगाए ।

शाहीले भने, ‘आगामी दिनमा कांग्रेसका सबै तहमा रहेका नेतृत्वले एक अर्काेतिर आरोप लागएर समय वर्बाद गर्नुभन्दा सहि दृस्ठिकोणले अगाडी बढ्न जरुरी छ । गाउँमा जनताको बीचमा गएर पार्टीलाई अझै मजबुत बनाउन लाग्नुपर्ने र आगामी अर्को चुनावमा पार्टीलाइ पहिलो बनाउने उद्देश्यका साथ लाग्नु आवश्यक छ ।’ गगन थापाभन्दा हाल नेपाल तरुण दलमा आवद्ध हजारौं युवा पार्टीको पक्षमा लागेको सुनाए ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य जीवनबहादुर शाही, नेपाल तरुण दलका अध्यक्ष जितजंग वस्नेत, महासचिव भुपेन्द्रजंग शाहीलगायतका युवा नेताले पार्टीलाई मज्वुद बनाउन सक्रिय भएको शाहीले बताए । शुक्रबारबाट केन्द्रमा सुरु भएको केन्द्रिय कार्य समितीको वैठकले गुट र उपगुट अन्त्ये गरी देशव्यापी संघिय संरचना अनुसार पार्टीका कमिटीलाई पुर्णता दिनुपर्ने उनको भनाई छ ।

 

Next Post

१४० युवा—युवतीलाई व्यावसायीक शिक्षा दिइदै

९ चैत्र २०७४, शुक्रबार १५:१२
कालिकोट- कालिकोटका युवा—युवतीलाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम सुरु भएको छ । ट्रेलरिङ, विल्डिङ, इलेक्ट्रिसियन र जुनियर कम्प्युटर हार्डवयर टेक्निसियन सम्वन्धि ३ महिने तालिम सुरु भएको हो । जिल्लाका १४० जना युवा—युवतीलाई तिन महिने तालिम दिन लागिएको हो । नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत व्यावसायीक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना दोस्रो (इभेन्ट) […]