कालिकोट- एनआइसी यसिया बैंक शाखा कालिकोटले यटियम सेवा सूरु गरेको छ । जिल्लामा बैंक शाखा स्थापना भएको एक वर्ष पार गरी दुइ बर्षमा प्रवेश गरेकाे अवसरमा यटियम सेवा सुरु भएको हो । खाँडाचक्र ननगरपालिका मेयर जसीप्रसादद पाण्डेले रिवन काटेर यटियमको उद्घाट गरेका हुन् । मेयर पाण्डेले यटियम कार्डबाट पैसाँ झिकेर बैंक परिवारलाई शुभकामना दिएका थिए ।
बैंकको यटियम उद्घाटन गर्दै आगामी दिनमा ग्राहकलाई सहज ढंगले यटियम सेवा प्रदान गर्नुपर्ने मेयर पाण्डेले बताए । उनले भने, ‘विगत भन्दा ग्राहकलाई सस्तो ब्याजमा ऋण प्रदान गरेमा झनै बैंकको प्रगती र ग्राहकलाई सेवा मिल्ने छ ।’ यटियम सेवा सुचारुसंगै एनआइसी एसिया बैंकले १० प्रतिशत ब्याज दिने गरी सम्मुन्नति प्लस बचत खाता ल्याएको छ । यस खातामा दैनिक मौज्दात न्यूनतम १० हजार रुपैयाँ हुनुपर्ने बैंक शाखाका प्रबन्धक उजिर सिंह भण्डारीलले बताए ।
सम्मुन्नति प्लस बचत खाता खोलेपछि ग्राहकलाई एक इन्टरनेट, मोबाइल बैंकिङ र डिम्याट खाता र डेबिट कार्ड निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकले त्रैमासिक रुपमा ब्याज भुक्तानी दिने जनाएको छ । शाखाका प्रबन्धक भण्डारीले समुन्नति बचत प्लस खाता र समुन्नति बचत खाता लोकप्रिय भएपछि शाखाले नयाँ बचत योजना निर्माण गरिएको बताए ।
सम्मुन्नति बचत खाता अन्तर्ग बार्षिक ८ प्रतिशत ब्याजदर रहेको छ । यो खाता खोल्दा एक बर्षसम्मका लागि यटिम कार्ड निशुल्क उपलव्ध गराइने भएको छ । बैंकले मोवाईल बैंक र इन्टरनेट बैंक निशुल्क गरेको शाखाले जनाएको छ । एनआइसी यसिया बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको मान्यता प्राप्त बैंक हो ।
एनआइसी यसिया बैंक लिमिटेडले देशका १८० वटै शाखाबाट चेक लिन सकिने व्यवस्था गरेको शाखा प्रबन्धक भण्डारीले बताए । देशका जुनसुकै शाखाबाट भए पनि कारोबार गर्न सकिने बताइएको छ । देशव्यापी राम्रो बजार लिएको बैंकले जिल्लामा यटियम सेवा दिनेमा द्रोस्रो बैंक हो ।