कर्णालीका स्वास्थ्य चौकी अनियमित रूपमा संचालन

२३ फाल्गुन २०७४, बुधबार १२:४३

जुम्ला – जुम्लाका कर्णाली राजमार्गसँगै जोडिएका स्वास्थ्यचौकी नियमित रूपमा खुल्दैनन् । सहजै रुपमा जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले निगरानी राख्न सकिने भएपनि कर्मचारीको मनपरीले नियमित रूपमा स्वास्थ्य संस्था नखुल्ने गरेको स्थानीय बताउँछन्।

स्थानीय भिम उपाध्यायले कर्मचारीको मनपरीमा स्वास्थ्य संस्था चल्ने भएकोले बिरामीले सास्ती ब्यहोर्दै आउनु परेको छ। उनले भने, कर्मचारीले चाहेमा दिनभर पनि खुल्न सक्छन, नचाहेको खण्डमा दिउसो १ बजे नै बन्द हुँने गर्छन्। स्वास्थ्य संस्था खुल्ने र बन्द गर्ने कर्मचारीको मर्जिमा छ।

दरबन्दी अनुसारका कर्मचारी उपस्थित नहुने र भएपनि नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने गरेको जनगुनासो छ। स्थानीय उपाध्यायले भने, अहिले सरकारी स्वास्थ्यकर्मी र स्वास्थ संस्थाको स्थानीयले बिश्वास मान्न छाडिसकेका छन्। सामान्य बिरामी हुँने बित्तिकै अधिकांश स्थानीय सिधै खलंगा स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल या नजिकैको मेडिकलमा जाने गरेका छन्।

एकातिर मौसम परिवर्तनसँगै बिरामीको फलो पनि बढेको छ भने, अर्को तर्फ कर्मचारीले नियमित रुपमा स्वास्थ्य संस्था नखोल्दा समस्य आउन थालेको छ। कुडारी स्वास्थ्यचौकीको प्रवेशद्धारमा मेडिकल राखिएको छ, स्थानीयका अनुसार स्वास्थ्यचौकीमा निशुल्क पाईने औषधी उक्त मेडिकलबाट बिरामीले किन्नु पर्छ। कर्णाली करिडोरका स्वास्थ्यचौकीमा कतै दिउसो बन्द गरिएको र कतै स्वास्थ्य संस्था खोलिएको भएपनि कर्मचारी नभएको पाइएको हो।

तातोपानी गाउँपालिकाका स्वास्थ्य सहसंयोजक गुरुप्रसाद  चौलागाई गाउँपालिका स्तरबाट नियमित निगरानी भएको बताउँछन। आफूहरू पुग्दा कर्मचारीले काम गरेको भेटाउने गरेका छौ, उनले भने, स्थानीय आएर कर्मचारीले दिउँसै स्वास्थ्य संस्था बन्द गरेको गुनासो गर्छन्। कर्मचारीको मनपरी र स्थानीय गुनासोलाई बुझ्न सकिएको छैन्।

उनले जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले पनि पटकपटक अनुगमन गरेको बताए। उनले भने, कर्णाली करिडोरका स्वास्थ्य संस्था जिल्ला स्वास्थ्य कार्यालयको मुख्य नजरमा छन, तर जनताले सरकारी स्वास्थ्य संस्थामा प्रभावकारी उपचार पाएको गुनासो गर्न छाडेका छैनन्। जिल्ला स्वास्थ्य प्रमुख अंगदवहादुर शाही कर्मचारीलाई नियमित रुपमा स्वास्थ्य संस्थामा बस्न र औषधी अभाव हुँन नदिनको लागि निर्देशन गरिएको बताउँछन्। जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको स्टोरमा २–३ महिना पुग्ने औषधी छ, उनले भने, अपुग हुँने बित्तिकै माग गर्न परिपत्र गरेका छौ, तर अहिलेसम्म स्वास्थ्य संस्थामा कमै मात्र माग आउने गरेको छ।

उनले स्थानीय तहले कर्मचारी परिचालनमा कडाइ गर्नुपर्ने बताए। प्रत्येक स्थानीय तहमा स्वास्थ्य संयोजकको व्यवस्था गरिएको छ, उनीहरुले नै स्वास्थ्य संस्थाको रेखदेख र कर्मचारीको निगरानी गर्नुपर्ने उनी बताउँछन्। जिल्ला स्वास्थ्य कार्यालयमा पनि औषधी अपुग भएको र कर्मचारी स्वास्थ्य संस्थामा बस्ने नगरेको गुनासो बारम्बार आउने गरेको उनको भनाई छ। जिल्लामा सामुदायीक स्वास्थ्य इकाई,प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी गरेर ४१ वटा स्वास्थ्य संस्था छन।

कर्णाली करिडोरका स्वास्थ्य चौकीमै हेलचेक्र्याइँ भईरहदा दुर्गमका स्वास्थ्यचौकीमा झनै लापरबाही हुँन सक्ने जानकारहरू बताउँछन्।  सरकारले बेलुकी ५ बवजे सम्म स्वास्थ्य संस्था अनिवार्य खोल्नुपर्ने प्राबधान ल्याएको छ। बर्थिङ सेन्टरमा त झन २४ सै घण्टा ड्युटी गर्नुपर्छ। नागरिक न्यूजबाट

Next Post

एनआइसी यसिया बैंकले ल्यायो धनवर्षा मुद्धती खाता

२३ फाल्गुन २०७४, बुधबार १२:४३
कालिकोट– एनआइसी एशिया बैंकले धनबर्षा मुद्धती खाता सुरु गरेको छ । बैंकले फागुन अन्तिम साताबाट यो खाता सुरु गरेको हो । एनआइसी यसिया बैंकका साहायक प्रमुख कार्यकारी अधिकृत एवं सुचना अधिकारी सुधिर पाण्डेद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै धनबर्षा मुद्दती खाता संचालनमा ल्याइएको उल्लेख गरिएको छ । देशभर १८० वटै शाखामासंचालनमा […]