कालिकोटमा ‘सफल अटो पार्टस एण्ड वर्कशव’

१ माघ २०७४, सोमबार १८:२५

कालिकोट- जिल्लामा साना चार पांग्रे सवारीसाधन तथा मोटरसाईकल मर्मतका लागि अटो पार्टस स्थापना गरिएको छ । सोमवार जिल्लाको खाँडाचक्र नगरपालिका ताडि बजारमा सफल अटो पार्टस एण्ड वर्कशव उद्घाटन गरिएको हो । खाडाँचक्र नगरपालिका मेयर जसीप्रसाद पाण्डेले अटो पार्टसको रिवन घाटेर उद्घाटन गरेका हुन् ।

कर्णाली राजमार्गमा अटो पार्टसको अभाव भईरहेका वेला कालिकोटमा स्थापना हुनु स्वागतयोग्य भएको नगरपालिका प्रमुख पाण्डेले बताए । अटो पार्टसका संचालक जीवनकुमार शाहीलाई नगर प्रमुख पाण्डेले बधाईदिदै अटो पार्टस तथा वर्कशव सेवा मुलक अन्तरर्गतको उद्दोग भएकाले सवैलाई समान ब्यवहार सुफत मूल्यमा मर्मत गर्न आग्रह गरे

वर्क शव उद्योग उद्घाटन गर्दै मेयर जसीप्रसाद पाण्डे ।   
                                         वर्क शव उद्योग उद्घाटन गर्दै मेयर जसीप्रसाद पाण्डे ।

कार्यक्रमका सहभागी निमित्त प्रमुख जिल्ला अधिकारी, निमित्त जिल्ला प्रहरी कार्यालयका प्रमुख निरज चौलागाईले अटो पार्टस एण्ड वर्कशव व्यवसायको सफलताको शुभकामना दिएका थिए । उद्घाटन कार्यक्रममा उद्योग बाणीज्य संघ कालिकोटका अध्यक्ष सुर्यबहादुर शाहीले कालिकोटमा उद्योग स्थापना हुनु अत्यान्तै राम्रो भएको बताए । उनले भने, ‘कर्णाली राजमार्गमा संचालन हुने साना चार पांग्रे जिप, बोलेरोलगायतका सवारी सधान तथा मोटरसाईकल मर्मत गर्न सहज हुने भएको छ ।’

नेपालगंज—सुर्खेत हुँदै कालिकोट भएर जुम्ला र मुगुमा सावारी साधान चल्ने गरेका छन् । सानो तथा छोटो दुरीका सवारीसाधान विग्रीएमा मर्मत गर्न अब सहज भएको छ । साना गाडीहरु मर्मत गर्न वर्कशव नभएकै कारण धेरै गाडी व्यवसायलाई मर्का परेको थियो । जिल्लामा अटो पार्टस तथा वर्कशव स्थापना हुनु भनेको गाडी व्यवसायीलाई अत्यान्तै सरानिए काम भएको रारा कर्णाली यातायात प्रा.लि.का अध्यक्ष हस्तबहादुर बलमे बताए । अटो पार्टस संचालक जीवनकुमार शाही पत्रकारिता क्षेत्रमा पनि आवद्ध रहेका छन् ।

 

Next Post

रिपोटर्स क्लवको अध्यक्षमा विश्वनाथ सिम्खाडा

१ माघ २०७४, सोमबार १८:२५
कालिकोट – रिपोटर्स क्लव नेपाल कालिकोटको तेस्रो जिल्ला अधिवेशनवाट क्रियाशिल पत्रकार विश्वनाथ सिम्खाडाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ । शान्ति समृद्धि र विकासका लागि सञ्चार भन्ने मुल नाराका साथ बुधवार जिल्ला सदरमुकाम खाँडाचक्रमा सम्पन्न जिल्ला अधिवेशनवाट उपाध्यक्षमा रमेश वोगटी,सचिवमा साधना शाही,कोषाध्यक्षमा पवित्रा जैसि लगाएत ११ सदस्यीय कार्य समिति सर्वसहमतिले […]