एमाले माओवादी भागवण्डा मिल्यो, माओवादीलाई दुई मुख्यमन्त्री

१४ माघ २०७४, आईतवार १८:३४

काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले प्रदेशको भागवण्डामा सहमति गरेको छ। कार्यदलले २ नम्बर प्रदेश बाहेक ६ वटा प्रदेशको पदका लागि सहमति गरेका हुन्। कार्यदलको आज बसेको बैठकमा ४ मुख्यमन्त्री एमालेले लिने र २ वटा माओवादीले लिनेगरी सहमति भएको हो। जस अनुसार ६ र ७ प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउने छ।

यस्तै, दुई पार्टीबीच सभामुखमा पनि सहमति भएको छ। जस अनुसार २ वटा प्रदेशमा माओवादीले र ४ वटामा सभामुख पाउने छ। ४ र ५ नम्बर प्रदेशमा माओवादीले सभामुखमा पाउने गरी भागवण्डा भएको एमाले नेता शंकर पोखरेलले बताए।

यस्तै, ४ वटा उपसभामुख माओवादीको कोटमा परेका छन् भने २ वटा एमालेले पाउने छ। ४ र ५ नम्बर प्रदेशमा एमालेले उपसभामुख पाउने गरी गठवन्धनले भागवण्डा टुंगाएको छ।

Next Post

समृद्ध कालीकोटको सपना जलविद्युत र सडक

१४ माघ २०७४, आईतवार १८:३४
रमेश रावल  | कालीकोट – उजाड रूपमा रहेको कालीकोटलाई समृद्ध कालीकोटका रूपमा विकास गर्न जलविद्युत र सडक पहिलो प्राथमिकतामा रहेका छन्। अन्नबाली उत्पादन कम हुने कृषि उत्पादनको विशेष क्षेत्र नभएका कारणले कालीकोटको समृद्धि र विकासको आधारका रूपमा जलविद्युत र सडक रहेका हुन्। कालीकोटमा हुम्ला कर्णाली र तिला कर्णालीलगायतका साना ठूला गरेर […]