रिपोटर्स क्लवको अध्यक्षमा विश्वनाथ सिम्खाडा

४ माघ २०७४, बिहीबार १३:१८

कालिकोट – रिपोटर्स क्लव नेपाल कालिकोटको तेस्रो जिल्ला अधिवेशनवाट क्रियाशिल पत्रकार विश्वनाथ सिम्खाडाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ ।

शान्ति समृद्धि र विकासका लागि सञ्चार भन्ने मुल नाराका साथ बुधवार जिल्ला सदरमुकाम खाँडाचक्रमा सम्पन्न जिल्ला अधिवेशनवाट उपाध्यक्षमा रमेश वोगटी,सचिवमा साधना शाही,कोषाध्यक्षमा पवित्रा जैसि लगाएत ११ सदस्यीय कार्य समिति सर्वसहमतिले चयन भएको हो ।

नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पोण्डेको प्रमुख आतिथ्यता र लंक धमालाको अध्यक्षतमा सम्पन्न अधिवेशनवाट निर्वाचित नया नेतृत्वले कालिकोटको विकास र सुशासनका सवालको उठान गर्ने प्रतिवद्धता जनाएका छन ।

Next Post

बेस्ट कर्णाली मिडियाको तेस्रो वार्षिक उत्सव

४ माघ २०७४, बिहीबार १३:१८
कालिकोट-बेस्ट कर्णाली मिडियाको तेस्रो वार्षिक उत्सव विहिवार एक समारोहका विच सम्पन्न भएको छ । २०७२ सालमा स्थापन भएको मिडियाको सदरमुकाम मान्ममा तेस्रो वार्षिक उत्सव मनाइएको हो । बेस्ट कर्णाली मिडियाका अध्यक्ष पवित्रकुमार शाहीको अध्यक्षता, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको प्रमुख आथित्यतामा उत्सव मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि […]