कालिकोट– अधिकांस नेपालीले हिन्दु धर्म चाहेकाले अव नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनु पर्ने नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले बताए । जिल्लाको सदरमुकाम मान्ममा शनिवार आयोजना गरिएको धार्मिक कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री शाहीले सो कुरा बताएका हुन् ।
हिन्दु धर्म भनेको अधिकांस नेपालीको आस्था र धरोहर भएकाले संरक्षण तथा सम्बद्र्धन गर्न जरुरी भएको महामन्त्री शाहीले बताए । हिन्दु राष्ट्र घोषणा गर्न पार्टीभित्र गम्भिर छलफल गरेर अभियानको रुपमा लाग्ने उनले बताए । हिन्दु धर्मको संरक्षण गर्नु राज्यको दायीत्व भएकाले नेपालीको चाहानालाई सम्वोधन गर्न कार्यक्रममा आग्रह गरे ।
महामन्त्री शाहीले धर्मविना जीवन र संसार नचल्ने भएकाले सबैको भावनालाई सम्वन्धित निकायले सोच्ने बेला आएको सुनाए । राष्ट्र, राष्ट्रियता, स्वाभिमान र धर्म संस्कार, संस्कृती संरक्षण अभियान भन्ने मुल नाराका साथ ॐ जन—जागरण नेपाल कालिकोटले धार्मीक कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा हिन्दु धर्म सम्बन्धि सचेतना मुलक नाटक पर्दशन गरिएको थियो । ॐ जन जागरण नेपालका कालिकोटका अध्यक्ष जयचन्द्र अधिकारीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जिल्लामा धार्मीक कार्यक्रम गर्नु स्वागत योग्य भएको बताए ।