कालिकाेट:नरहरीनाथ गाउँपालिकामा नेकपा एमालेका धिरबहादुर बिष्ट विजयी भएका छन् । बिष्टले २४६० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकतम प्रतिद्धन्दी नेपाली कांग्रेसका मिनबहादुर बोगट्टीलाई २३२ मतले पछि पार्दै बिष्ट प्रमुखमा विजयी भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार बोगट्टीले २२२८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका अग्रबहादुर बिष्टले २१३७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेकपा माओबादी केन्द्रकी मनशोभा बुढाले २२४९ मतले विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी शुसिला शाहीले २२४४ मतले पराजय भएकी छन् । एमालेका तर्फबाट उम्मेदवारी दिएकी सुनिता बुढाले २०६८ मत प्राप्त गरेकी छन् ।
नरहरिनाथ गाउँपालिका — ६ नन्दादेवी सेरापाटामा आइतबार मतदान भएको थियो । वैशाख ३१ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अवरोध गरेपछि प्रहरीले गोली चलाउँदा राप्रपाका वडाअध्यक्ष धनरुप बटालाको मृत्यु भएपछि चुनाव स्थागित भएको थियो । उक्त केन्द्रमा आइतबार बिहानदेखि उत्साहपूर्वक मतदान भएर मत गणना गरी मंगलबारी राती मत परिणाम सार्वजनिक भएको प्रहरीले जनाएको छ । ८ सय ७९ मतदाता रहेको उक्त केन्द्रमा दिउँसो साढे ५०७ मत खसेको थियो ।
नरहरीनाथ गाउँपालिकामा ९ वटा वडा मध्य एमालले ४ मा अध्यक्ष सहित प्यानल विजयी भएको छ । माओवादी केन्द्रले ३ वटा वडामा प्यानलसहित विजयी गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २ वटा वडामा विजय गरेको छ ।
प्रमुखमा विजयी बिष्ट जिल्ला शिक्षा कार्यालयमा स्रोत व्यक्ती (आरपी)बाट राजिनामा दिएर चुनावमा भिडेका थिए । जिल्लाका ९ स्थानीय तह मध्य माओवादी केन्द्रले २ नगरपालिका सहित ३ वटा गाउँपालिका गरी ५ स्थानीय तहमा विजयी गरेको छ । त्यस्तै एमाललले खाडाँचक्र नगरपालिका सहित २ गाउँपालिका गरी ३ तह जितेको छ । नेपाली कांग्रेसले महावै गाउँपालिकामा एमालेसंगको समिकरणमा १ गाउँपालिका जितेको छ ।