बिजुल्लीले झिलिमिली हुँदै पलाँताको फागुटी

२ पुष २०७४, आईतवार १८:०५

कालिकोट– जिल्लाको पलाँता गाउँपालिका स्थित फागुटीमा बिजुल्लीले झिलिमिली हुने दिन नजिककिदैँ छन् । बिकासका दृष्टिकोणले अत्यान्तै दुर्गम मानिएको फागुटीमा आगामी बैशाखसम्म बिजुल्लीले उज्यालो हुने भएको हो । विगत १८ बर्षदेखि निर्माणधिन भुची खोला लघु जलविद्युत आयोजना सम्पन्नको अन्तिम चरणमा रहेको छ ।

उक्त लघु जलविद्युत आयोजना पुरा भएपछि पलाँताको ७ वडामा पर्ने धौलागोह फागुटीका स्थानीयले विद्यूत बाल्न पाउने भएका हुन् । फागुटीका २८० घरमा बिजुल्ली बाल्न पाउँने पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए । अध्यक्ष बमले भने, ‘बिगत १८ बर्षदेखि अलपत्र भएको भुची खोला लघु जलविद्युत अब आगामी बैशाख भित्र नै उद्घाटन हुँदै छ । ३५ किलाे वाट क्षमता भएकाे लघु विद्युत अायाेजना पलाँताकै नमुना हुँदै छ ।

निर्माण सम्पन्न भएको भुची खोला लघु जलविद्युत आयोजनाको क्यानल ।
निर्माण सम्पन्न भएको भुची खोला लघु जलविद्युत आयोजनाको क्यानल ।

चालु आर्थिक बर्षमा गाउँपालिकाबाट ४० लाख बजेट लगानी भयो ।’ २ करोड ९ लाख को लगानीमा निर्माण हुने आयोजनाको २ किलो मिटर क्यानल निर्माण भईसकेको छ । पलाँताको ओल्खेदेखि फागुटीसम्म विद्युतको क्यानल निर्माण भएको उपभोत्तक्ता समितिका सचिव जनराज बमले बताए । २०५६ सालमा जिल्ला विकास समिति मार्फत ३६ लाख लगानी भएको आयोजना ले बल्ल सम्पन्न भएर स्थानीयले विद्युत बाल्न लागेका गाउँपालिकाले जनाएको छ ।

उक्त आयोजनमा धेरै लगानी भए पनि निर्माण गर्न निकै सुस्त गतिमा भएको छ । पटक—पटक उपभोक्ता समिति फेर बदल भई रहने काराणले निर्माण कार्य ढिलो भएको उपभोक्ता समितिका सचिव बमले बताए । लघु जल विद्युत आयोजनाको खरिद तथा निर्माणको काम लुम्बिनी हाइड्रोपावर एण्ड जेभि डिजाइन प्वाइनट कम्पनीले लिएको छ ।

Next Post

कालिकोटमा ३६ मानव अधिकार उल्लंघनका घटना

२ पुष २०७४, आईतवार १८:०५
कालिकोट– सन् २०१७ जनवरी देखि डिसेम्बर २० तारिखसम्म जिल्लामा ३६ वटा मानव अधिकार हनन्का घटना घटेका छन् । नागरिक तथा राजनीतिक अधिकार, कुटपीट, धक्की, बालविवाह, बहुविबाह, यौन दुव्र्यबहादर, पारिवारिक हिंसालगायतका घटना गरेर ३६ वटा मानवअधिकार उल्लंघनका  घटना भएको सार्वजनिक गरिएको छ । नेपाल मानव अधिकार बर्ष पुस्तक २०१८ वार्षिक पुर्व समीक्षा […]