कालिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु, ६ घाइते

१३ मंसिर २०७४, बुधबार १०:०८

कालिकोट- जिल्लाकाे सदरमुकाम मान्म नजिकै जिप दुर्घटना भएको छ । दुर्घटना स्थलमै ३ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । मुगुबाट कालिकोट हुँदै बाँकेको नेपालगञ्ज जाँदै गरेको जीप दुर्घटना भएको हो । जिप दुर्घटनामा ६ जना घाइते समेत भएका छन् ।

गर्भवती महिलालाई उपचारका लागि लगिँदै गरेको जीप जिल्ला अस्पताल कालिकोटनजिकै दुर्घटना भएको हो । जीप दुर्घटनामा मुगुका ३५ वर्षीय नरक्रिम मल्ल, ४५ वर्षीय जयरुप भूमी र जुम्लाका १४ वर्षीय यदुराज न्यौपाने छन् । मुगुबाट मंगलबार बिहान हिँडेको लु २ च २००३ नम्बरको जीप मंगलबार राति साढे १० बजे अस्पतालको माथिल्लो मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

घाइते हुनेमा मुगुकी १९ वर्षीया गर्भवती मायालक्ष्मी मल्ल, २९ वर्षीय विष्णुुराज धामी, ३७ वर्षीया लक्ष्मी रावल र ३५ वर्षीया किसिम कार्की छन् । यस्तै हुम्लाका २३ वर्षीय सन्तराज शाही र चालक बाँकेका २२ वर्षीय इन्द्र प्रसाद थारु पनि घाइते भएका छन् ।

महालक्ष्मी गर्भवती हुन् । घाइतेहरूको उपचार जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । मुगुमा प्रभावकारी स्वास्थ्य सेवा नपाइने कारण उपचारका लागि नेपालगञ्जमा ल्याउने क्रममा दुर्घटना भएको हो । जीप चालकको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले बताएको छ ।

 

Next Post

हेलिकप्टरद्धारा सुत्केरी आमाको उद्दार

१३ मंसिर २०७४, बुधबार १०:०८
कालिकोट/ सुत्केरीको ज्यान बचाउन हेलीकप्टर मार्फत उद्दार गरिएको छ । मंगलवार जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएकी खाँडाचक्र नगरपालिका–१ चन्द्रा शाहीलाई उद्दार गरिएको हो । चन्दाको अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । सोमबार राती अप्रेसन गरेर छोरा जन्मिएपछि शाहीको अत्याधिक रक्तश्राव भएका कारणले हेलिकप्टरमार्फत काठमाडौं […]