विद्यालयदेखि नगरसम्म, सभापतिदेखि अध्यक्षसम्म

१९ जेष्ठ २०७४, शुक्रबार १८:२०

दैलेख: शिरमा ढाकाको टोपी । आखाँमा चस्मा । सुईटर र कोटमा चट्ट सजिएका । भरलाग्दा र आशलाग्दा नेता । उनि हुन् दैलेख आठविस नगरपालिका—६ नम्बर वडामा निर्वाचि अध्यक्ष धीरबहादुर शाही । शाही निकटतम प्रतिद्न्दी नेकपा एमालेका उम्मेद्वारलाई पछिपार्दै नेपाली कांग्रेसबाट विजयी भए । स्थानीय तहको निर्वाचन नभएको दुई दशकसम्म निर्वाचनको पर्खाइमा बसेका धिरबहादुर शाहीको सोच बल्लतल्ल पुरा भएको छ ।

युवा पुस्तालाई धैर्य गर्न आग्रह गर्दै ६३ बर्षको उमेरमा नगरपालिकाको वडा अध्यक्षको टिकट लिएर जित हात पारेका हुन् । दैलेखको साविक सिहाँशैन गाविसमा शाहीले लामो समयसम्म सामाजिक सेवा गरे । सिहासैनमा रहेको कालिका माध्यामिक विद्यालयमा व्यवस्थापन समितिको २६ बर्षसम्म अध्यक्ष भए । बामे सार्ने अवस्थाको विद्यालाई २६ बर्षसम्म निरन्तर सेवा गर्दा उच्च मावि बनाउन सफल भए ।

उनको विद्यालयप्रतिको सेवालाई मुल्यांकन गर्दै मतदाताले विजयीको श्रीमाला पहिरिएका हुन् । २०४३ सालमा निजी स्रोतबाट संचाल भएको विद्यालय हाल ३१ बर्षसम्म ‘प्लश टु’ सम्म पुगेको छ । विद्यालय २०४५ मा प्रावि स्वीकृत भयो । २०५७ मा निमावी र २०६३ मा मावि बन्न पुग्यो । २०६७ मा जिल्लाकै नमुना उमावि भयो ।

विद्यालयमा उनले गरेको योगदानलाई मुल्याङ्कनगर्दै २०६८ मा जिल्लाकै उत्कृष्ठ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भए । नेपाल सरकार शिक्षा मन्त्रालय मार्फात जिल्ला शिक्षा दैलेखले व्यवस्थापनमा उनलाई उत्कृष्ठ काम गरेको भन्दै भव्य सम्मानका साथ पुरष्कृत गर्यो ।

राजनीतिक गतिविधिभन्दा पनि प्रायः सामाजिक सेवामै उनको चासो थियो । शाहीले २०६९ स्वयमले अभिभावकसंग विदा मागेर राजिनामा दिए । विद्यालयदेखि समाजका हरेक गतिविधिसम्म राम्रो काम गर्दै आए । २०५६ मा साविकको सिहासैन गाविसमा नेपाली कांग्रेसको सभापति समेत भए । २०४७ देखि पार्टीका क्रियाशिल सदस्यता लिएका शाहीले राजनीति गर्दा पनि पार्टी र स्थानीयको मन जितेका थिए ।

नगरपालिकाको वडा अध्यक्षमा निर्वाचित शाही भन्छन्, ‘सेवा गरे मेवा मिल्छ, भने जस्तै समाजसंग घुलमेल भएर सेवा गरेको फल प्राप्त गरेको छु । अब आफ्नो पार्टीको नेता मात्र हैन वडाका सबै नागरिकलाई सम्मान ब्यबहार गर्ने छु ।’ उनले भने, ‘जनताले दिएको मतको ऋण अवस्य पनि सेवा गरेर तिर्ने छु । २६ बर्षसम्म विद्यालय व्यवस्थापन समितीमा इमान्दार भएर काम गरेको मुल्यांकन मतदाताले गरे ।’ ‘उनले थपे, अब नगरपालिकाकै नमुना वडा बनाउनतर्फ निरन्तर काम गर्ने छु । सबै पार्टी र जनताको साथ र सहयोग चाहिन्छ । समृद्ध वडा बनाउँन सधै पहल गर्ने छु ।’ शाहीले भने ‘उमेरले पनि ६३ बर्षको भए । अब जनताको सेवामै व्यस्त हने छु । व्यक्तिगन स्वार्थभन्दा माथि उठेर सेवा प्रदान गर्नेछु ।’

Next Post

आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

१९ जेष्ठ २०७४, शुक्रबार १८:२०
काठमाडौं— आन्तरिक राजस्व विभागका महानिर्देशक चुणमणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। पदको दुरुपयोग गरी राजस्व निर्धारण हिनामिना गरेको भन्दै अख्तियारले शर्मालाई १२ः३० बजे पक्राउ गरेको हो। शर्मालाई पक्रिन अख्तियारको टोली आन्तिरक राजस्व कार्यालय लाजिम्पाट पुगेको थियो। एनसेल बिक्री प्रकरणमा महानिर्देशक शर्माले विक्रेताले राजस्व बुझाउनु नपर्ने तर्क राख्दै […]